English

भक्तपुरमा भेटियो बर्डफ्लु



भक्तपुरमा बर्डफ्लु भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं.१० मा अवस्थित तीन वटा पोल्ट्री फार्महरूका कुखुरामा बर्डफ्लु भेटिएका हुन् । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले ती पोल्टी फर्ममा मरेका कुखुरामा वर्डफ्लु भेटिएको पुष्टि गरेको हो ।

पाइला अग्रिकल्चरल फार्म, शिखर पोल्ट्री फार्म र अजिमा पोल्ट्री फार्ममा रहेका मरेका कुखुरामा वर्डफ्लु भेटिएको पुष्टी भएको हो । यहाँं रहेका हजारौं कुखुरा बुधबार राति मरेका थिए । पछि ती मेरेका कुखुराको टेष्टका लागि लगिएको थियो ।

प्रयोगशालाका अनुसार ती फार्मका कुखुरामा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखा परेको हो । वर्डफ्लु भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आइतबार नै बसेको सुरक्षा समितिको बैठकले वर्डफ्लु भेटिएका फार्मका पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ ।

समितिले सूर्यविनायक नगरपालिकाको वडा नं.१० स्थित पूर्वमा अजिमा इँटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी टंकी जाने बाटोको चार किलाभित्रको पन्छी तथा पन्छीजन्य वस्तुहरू दाना, सुली, अण्डालगायतका वस्तुहरू नष्ट गर्ने निर्णय गरेको हो ।

यो पनि
जताततै बर्डफ्लु, कुखुरा नष्ट
काठमाडौंमा बर्डफ्लू संक्रमण पुष्टि



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested