English

भक्तपुरमा भेटियो बर्डफ्लु



भक्तपुरमा बर्डफ्लु भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं.१० मा अवस्थित तीन वटा पोल्ट्री फार्महरूका कुखुरामा बर्डफ्लु भेटिएका हुन् । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले ती पोल्टी फर्ममा मरेका कुखुरामा वर्डफ्लु भेटिएको पुष्टि गरेको हो ।

पाइला अग्रिकल्चरल फार्म, शिखर पोल्ट्री फार्म र अजिमा पोल्ट्री फार्ममा रहेका मरेका कुखुरामा वर्डफ्लु भेटिएको पुष्टी भएको हो । यहाँं रहेका हजारौं कुखुरा बुधबार राति मरेका थिए । पछि ती मेरेका कुखुराको टेष्टका लागि लगिएको थियो ।

प्रयोगशालाका अनुसार ती फार्मका कुखुरामा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखा परेको हो । वर्डफ्लु भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आइतबार नै बसेको सुरक्षा समितिको बैठकले वर्डफ्लु भेटिएका फार्मका पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ ।

समितिले सूर्यविनायक नगरपालिकाको वडा नं.१० स्थित पूर्वमा अजिमा इँटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी टंकी जाने बाटोको चार किलाभित्रको पन्छी तथा पन्छीजन्य वस्तुहरू दाना, सुली, अण्डालगायतका वस्तुहरू नष्ट गर्ने निर्णय गरेको हो ।

यो पनि
जताततै बर्डफ्लु, कुखुरा नष्ट
काठमाडौंमा बर्डफ्लू संक्रमण पुष्टि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested