English

सुकुमेलले गर्छ कब्जियतदेखि मुटुरोगसम्मलाई फाइदा



भान्सामा पाइने सुकुमेल चिया र खानाको स्वाद बढाउन मात्र नभई धेरै स्वास्थ्य समस्याहरू हटाउन पनि प्रयोग गरिन्छ । मसलाको रानी भनेर चिनिने सुकुमेलमा धेरै औषधीय गुणहरू भेटिन्छन् । जसले शरीरलाई विभिन्न रोगबाट बचाउन मद्दत गर्छ ।

सुकुमेलमा भिटामिन, रिबोफ्लेविन, नियासिन, भिटामिन–‘सी’, मिनरल्स, आइरन, क्याल्सियम, पोटासियम र म्याग्नेसियम जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छ । यति मात्र होइन, सुकुमेलमा एन्टिअक्सिडेन्ट र डाइयुरेटिक गुण पनि हुन्छ । जसले तौल बढ्नेदेखि रक्तचापसम्म नियन्त्रण गर्न मद्दत गर्छ ।

मुखको दुर्गन्ध हटाउँछ
-धेरैलाई सासको दुर्गन्धले समस्या निम्त्याएको हुन्छ । सुकुमेलमा यस्तो औषधीय गुण हुन्छ जसलाई चपाइरहँदा मुखको दुर्गन्ध हटाउन मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
-इम्युनिटी बलियो बनाउन सुकुमेलको सेवन निकै फाइदाजनक मानिन्छ । सुकुमेल भुटेर त्यससँग मह खाँदा पनि रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सक्रिय हुन्छ ।

फोक्सोको लागि राम्रो
नियमितरूपमा सुकुमेलको प्रयोग फोक्सोको लागि पनि धेरै राम्रो मानिन्छ । सुकुमेलले फोक्सोमा रक्तसञ्चार सुधार गर्छ । यसको सेवनले मुटुको समस्याबाट पनि टाढा राख्छ ।

रुघाखोकीमा फाइदा
दम, खोकी, रुघाखोकी जस्ता समस्या भएका व्यक्तिहरूलाई पनि सुकुमेलको सेवनले फाइदा पुर्‍याउँछ ।

तौल घटाउन उपयोगी
सुकुमेलमा धेरै तत्त्व हुन्छन् जसले तौल घटाउन मद्दत गर्छ । सुकुमेललाई खानामा समावेश गर्नाले यसमा पाइने पोषक तत्त्वले छिटो तौल घटाउन मद्दत गर्छ । यदि, सुकुमेललाई उमालेर यसको पानी हरेक बिहान पिउने हो भने पाचन प्रक्रिया ठीक रहन्छ र तौल घट्छ ।

कब्जियत
कब्जियतको समस्या छ भने सुकुमेललाई पानीमा पकाएर त्यसको पानी पिउन सकिन्छ । यसो गर्नाले कब्जियत र अपचका कारण हुने एसीडीटीको समस्याबाट छुटकारा मिल्छ ।

घाँटी दुखेको
बदलिँदो मौसमका कारण घाँटीको समस्याबाट हैरान हुनुहुन्छ भने सुकुमेलको सेवन गर्नुहोस् । यसले घाँटी दुख्ने समस्यालाई तुरुन्तै ठीक गर्छ ।

यो पनि…
उल्टो हिँड्दा हुने फाइदा
समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested