English

चम्किलो छालाका लागि नरिवलको तेल उत्तम



नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ । यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ ।

घरमै डिप क्लिजिङ गर्न चाहनुहुन्छ भने पनि तरिवलको तेलको सहारा लिन सक्नुहुन्छ । यसका लागि बेकिङ सोडा र नरिवलको तेलको मिश्रण बनाउनुपर्छ । बेकिङ सोडामा एन्टिब्याट्रेरियल र एन्टिइन्फल्माटोरीको गुण हुन्छ, जसलाई डिप क्लिन्जरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

नरिवलको तेल अनुहारको रिङकल्स हटाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि नरिवलको तेलमा बेसार र दूध मिसाउनुपर्छ । दूधमा ल्याक्टिक एसिड हुन्छ, जसले स्किनलाई चम्किलो बनाउन सहयोग गर्छ । यस्तो मिश्रणको प्रयोगले रिङकल्स हटाउन ठूलो भूमिका निर्वाह गर्छ ।

चम्किलो छालाका लागि पनि नरिवलको तेलको सहारा लिन सक्नुहुन्छ, जसका लागि नरिवलको तेलमा भिटामिन ईको क्याप्सुल मिसाएर प्रयोग गर्न सक्नुहुन्छ । थुप्रै ब्युटी प्रडक्टमा भिटामिन ईको प्रयोग गरिएको हुन्छ । यस्तो मिश्रणलाई अनुहारमा लगाएर १० मिनेटसम्म छोडिदिनुहोस् । यसले तपाईंको स्किनलाई हाइड्रेट राख्छ । यसलाई रातको समय मास्कको रूपमा प्रयोग गरी अर्को दिन सफा गर्न सक्नुहुन्छ ।

धेरैजसोको अनुहारमा दाग देखिने समस्या हुन्छ । यस्तो समस्याका लागि नरिवलको तेलको प्रयोग गर्न सक्नुहुन्छ । यसलाई सुत्नुअघि हरेक दिन प्रयोग गर्न सक्नुहुन्छ ।

यो पनि…
यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested