English

फेरि बढेर आयो तेल, पेट्रोल र ग्यासको मूल्य



भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई ग्यास र पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जनाउँदै आईओसीले मंगलबार मूल्य बढाएर पठाएको हो ।

‘मंगलबार पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा, मट्टितेलमा १० रुपैयाँ ३० पैसा बढेर आएको छ ।

यसैगरी, हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ ३२ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ९९ रुपैयाँ १७ पैसा बढेको छ,’ निगमका प्रवक्ता बिनितमणि उपाध्यायले भने, ‘मूल्य समायोजन नहुँदा निगमलाई १५ दिनमा ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ घाटा देखिन्छ । यो घाटा अहिलेसम्मकै उच्च हो ।’

निगमका प्रवक्ता बिनितमणि उपाध्यायले भने, ‘मूल्य समायोजन नहुँदा निगमलाई १५ दिनमा ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ घाटा देखिन्छ । यो घाटा अहिलेसम्मकै उच्च हो ।’

निगमका अनुसार मूल्य समायोजन नहुँदा अहिले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा, डिजेलमा १६ रुपैयाँ ८ पैसा, एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा छ । मट्टितेल, हवाई इन्धनमा भने मूल्य बढे पनि नाफामै रहेको निगमले जनाएको छ ।

रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय व्यापार नै उथलपुथल भएको छ । त्यसकै प्रत्यक्ष असर कच्चा तेल र ग्यासमा परेकाले नेपालमा असर देखिएको हो । केही दिनअघि ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय ४ डलरसम्म पुगेको थियो । यद्यपि मंगलबार भने प्रतिब्यारेल १ सय डलर आसपासमा छ ।

‘अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावले यहाँ पनि समस्या बनाएको छ,’ उपाध्यायले भने, ‘हरेक महिनाको ८ र २३ तारिखमा आईओसीलाई रकम भुक्तानी गर्नुपर्छ । मूल्य समायोजन नहुँदा ठूलाे समस्या पर्ने देखिन्छ ।’

यो पनि
फेरि बढाइएको इन्धनको मूल्य कति ? [सूची]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested