English

अब टिकटकमा १० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने



टिकटकमा अब १० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिनेछ। अमेरिकी प्रविधि वेभसाइट द भर्जका अनुसार कम्पनीका प्रवक्ताले सोमबार उक्त घोषणा गरेका हुन्।

‘हामीले टिकटक अनुभवलाई समृद्ध बनाउन नयाँ तरिकाहरू परीक्षण गरिरहेका छौं,’ उनले भनेका छन्, ‘त्यसैसम्बन्धी टिकटकमा अब १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने फिचर उपलब्ध गराउने भएका हौं।’

टिकटक पहिलो पटक सार्वजनिक हुँदा यसमा जम्मा १५ सेकेन्डको भिडिओ अपलोड गर्न मिल्थ्यो। पछि एक मिनेटसम्मको भिडिओ अपलोड गर्न मिल्ने सुविधा दिइयो। गत जुलाईदेखि भने प्रयोगकर्ताले ३ मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्थे। अब भने टिकटकमा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने भएको हो।

यो विशेषता समावेश भएसँगै टिकटकमा रचनात्मक भिडिओ अपलोड गर्न प्रयोगकर्ताहरूलाई प्रोत्साहन मिल्नेमा कम्पनी सकारात्मक छ।

अहिले सामाजिक सञ्जालमध्ये टिकटकको लोकप्रियता बढ्दो छ। भिडिओ सेयरिङ एप टिकटकको यही विशेषतालाई पछ्याउँदै सन् २०२०मा इन्स्टाग्रामले रिल्स र युट्युबले सर्ट फिचर सार्वजनिक गरेको थियो।

यो पनि
‘नेपाली पात्रो’को सिईओमा सन्तोष देवकोटा नियुक्त
गेटवे पेमेन्टले युपीआई सञ्चालनका लागि एनपीसीआई र मनमसँग गर्यो सम्झौता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested