English

गर्मी कोठालाई यसरी शीतल बनाउनुहोस्



गर्मी मौसममा दिनभर बाहिरको काम वा चर्को घामबाट राहत पाउन मानिस घरमा पुग्ने गर्दछन् ।

घरमा शीतल भएर गर्मीको थकान मेटाउने चाहना हुन्छ । तर, घर छिर्दासमेत घरभित्र गर्मीले उकुस मुकुस हुन्छ । यस्तोमा मानिसको मस्तिष्कले पर्याप्त आराम पाउँदैन, दिक्क लाग्छ साथै शरीरमा आलस्यता समेत हुने गर्दछ । त्यसैले, । तर, कसरी ?

१. घरको कोठा शीतल राख्न घरका सबै झ्याल, ढोकाहरू खुला राख्नुपर्दछ ।
२. गर्मी मौसममा झ्याल र ढोकामा पातलो र पारदर्शी जाली भएको पर्दा लगाउनुपर्दछ ।
३. घरमा उज्यालो रंगको पर्दा र सम्भव अनुसार भित्तामा उज्यालो रंग लगाउनुपर्दछ ।
४. बेडमा सूतीको पातलो तन्ना प्रयोग गर्नु पर्दछ ।
५. कोठा सकेसम्म खुल्ला राख्नुपर्दछ । अनावश्यक धेरै सामग्री राख्नुहुँदैन ।
६. एकै स्थानमा धेरै सामग्री राख्दा पनि यसले कोठामा गर्मी बढाउने गर्दछ ।
७. कोठाभित्र इन्डोर प्लान्टलाई गमलामा राख्दा पनि यसले शीतला प्रदान गर्दछ ।
८. कोठामा भएका पंखा, एसी वा कुलरलाई मर्मत गरेर चालु अवस्थामा राख्नुपर्दछ ।
९. घर छिर्नासाथ हात खुट्टा धोएर केहिबेर खुल्ला ठाउँमा बस्नुपर्दछ ।
१०. घर छिर्दा केही बेर आराम गरेर नुहाउदाँ पनि शरीरमा शीतलता प्राप्त हुन्छ ।

यद्यपि, साँझको समयमा भने घरको मुख्य ढोकाहरु बन्द गर्नुपर्दछ । अन्यथा बाहिरका किरा, लामखुट्टे घरभित्र छिर्ने गर्दछन् ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested