English

बुहारी-छोरी पढाउने सासु र आमा सम्मानित  



खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पस खार्पाले बुहारी र छोरी पढाउने सासु र आमालाई सम्मान गरेको छ । बुहारी पूजा गिरीलाई क्याम्पस पढाउने हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी देबीमायाँ पुरी र छोरी रञ्जना श्रेष्ठलाई पढाउने खार्पाकी बिष्णुकुमारी श्रेष्ठलाई सम्मान गरिएको हो ।

बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउन लागिपरेकी सासु र आमालाई क्याम्पसको १४औं वार्षिकोत्सवको अवसरमा सोमबार जनही १ हजार ५०० सहित सम्मान–पत्र प्रदान गरिएको छ । बुहारी पूजा रावा क्याम्पस खार्पामा बिएड तेश्रो वर्ष र छोरी रञ्जना बिएड दोश्रो वर्षमा अध्ययनरत छिन् ।

अझै पनि हाम्रो समाजमा उच्च शिक्षाका लागि छोरालाई मात्र प्राथमिकता दिने प्रचलन छ । विद्यालय वा क्याम्पस तहमा पढिरहेकी छात्राको अध्ययन उसको विहेसँगै रोकिन्छ । तर बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउनका लागि दिलोज्यान दिएकी सासु र आमालाई प्रोत्साहन स्वरुप सम्मान गरिएको रावा क्याम्पस खार्पाका प्रमुख दिपक पोखरेलले बताए ।

बुहारी पढाउने देबीमाया र छोरीलाई क्याम्पस तह पढाउने बिष्णुकुमारीले समाजमा ‘बुहारी र छोरीलाई पनि उच्च शिक्षाका लागि साथ दिनुपर्ने’ सन्देश दिएको क्याम्पसले जनाएको छ ।

क्याम्पसको वार्षिकोत्सवको अवसरमा कृषि अर्गानिक खेती चुनौतीको विषयमा मावि स्तरीय वक्तृत्वकला, पुरुष हन्डिफोर, महिला फुक्की बल लगायतका प्रतियोगीतात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको सभापतित्व एवं क्याम्पस संरक्षक समितिका संयोजक हरि पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

यो पनि…
तोकिएको तलब नपाएपछि शिक्षकहरू निरन्तर आन्दोलनमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested