English

एनआरएनएले बोलायो केन्द्रीय समिति बैठक



गैर–आवासीय नेपाली संघ (एनआरएनए) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । गैर–आवासीय नेपाली संघका महासचिव डा.हेम राज शर्माका अनुसार संघको ८२औं बैठक आगामी बुधबार (मार्च २ तारिख) भरर्चुअल माध्यमबाट बस्न लागेको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने सो बैठकको लागि महत्त्वपूर्ण एजेण्डाहरू प्रस्ताव गरिएको छ ।

बैठकमा गैर–आवासीय नेपाली संघको सदस्यता शुल्क नतिर्ने युके, अमेरिका, क्यानाडा र अष्ट्रेलिया राष्ट्रिय समितिहरू, महाधिवेशन प्रतिनिधि विवाद मिलाउन संघका पूर्वअध्यष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समिति, संरक्षक परिषद् र निर्वाचन अनुगमन समिति, संघ र परराष्ट्र मन्त्रालयबीच रहेको अदालतको मुद्दा, रूसयुक्रेनबीचको युद्ध पीडित नेपालीहरूको उद्धार र संघको १०औं महाधिवेशन तयारीका सम्बन्धमा छलफल हुने भएको छ ।

गैर–आवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि मार्च २१ र २२ तारिख निर्वाचन हुँदैछ ।

यो पनि…
रूस-युक्रेन द्वन्द्व : नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दीपमाला खरेल ढकालले ‘मिस नेपाल हङकङ इन्टरनेसनल २०२६’ को ताज जितेकी छन्। यससँगै उनी पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताकी

अमेरिका- युवा ब्यवसायीहरुको साँझा संस्था फिने अमेरिकाको आयोजनामा अमेरिकामा आर्थिक अवसर तथा ब्यवसायका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न भएको छ

डालस, टेक्सस अमेरिका नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीहरुलाई हसाउन अमेरिका आईपुगेको छ । फेम नेपालको तत्वाधानमा हास्छ अमेरिका

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

Latest










Popular
Suggested