English

युक्रेनको पछिल्लो अवस्था के छ ?



रूस र युक्रेनबीच युद्ध चलिरहेको छ। पछिल्लो समयमा युरोपेली देशहरुले युक्रेनलाई हतियार सहयोग गर्ने भएका छन् । रुसी सेनाकाे वायु तथा स्थल हमलालाई काउन्टर दिन युरोपेली देशहरुले युक्रेनलाई हतियार सहयोग गर्ने भएका हुन् ।

किभको अनुरोधमा इयुले लडाकु जेट पठाउने तयारी गरेको ईयुका विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् । 

‘हामीहरुले लडाकु जेटसमेत प्रदान गर्न लागिरहेका छौं । हामी केबल हतियारको मात्र कुरा गरिरहेका छैनौं । युक्रेनलाई युद्धमा जान आवश्यक अझै बढी महत्वपूर्ण हतियार प्रदान गरिरहेका छौ,’ पत्रकार सम्मेलनमा जोसेप बोरेलले भने । 

‘हामीहरुले लडाकु जेटसमेत प्रदान गर्न लागिरहेका छौं । हामी केबल हतियारको मात्र कुरा गरिरहेका छैनौं । युक्रेनलाई युद्धमा जान आवश्यक अझै बढी महत्वपूर्ण हतियार प्रदान गरिरहेका छौ,’ पत्रकार सम्मेलनमा उनले भने । 

यसअघि युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशलाई युक्रेनी सेनाले सञ्चालन गर्न सक्ने खालका लडाकु विमानहरू आवश्यक भएको र केही सदस्य राष्ट्रहरूसँग त्यस्ता विमान भएको बताएका थिए । जर्मनीले युक्रेनलाई मद्दत गर्न १ हजार एन्टि–ट्याङ्क हतियार र भूमिबाट वायुमा मार हान्न प्रयोग हुने स्टिङगर ५ सय थान पठाएको छ । 

त्यस्तै, स्वीडेनले पनि युक्रेनलाई हतियार सहयोग प्रदान गरेको छ । सन् १९३९ मा हिटलर र स्टालिनले फिनल्याण्डमा आक्रमण गरेपछि स्वीडेनले पहिलो पटक युद्ध क्षेत्रमा हतियार पठाएको  हाे ।

राष्ट्रसंघअन्तर्गतको शरणार्थी सम्बन्धी निकायले रुसी हमलामा दशौं हजार विस्थापित भएको जनाएको छ । अधिकांश मानिस पोल्यान्डमा शरण लिइरहेका छन् । त्यसबाहेक हंगेरी, रोमानिया, मोल्डोभा र स्लोभाकियामा आश्रय खोजिरहेका छन्। यसैबीच, क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले युद्धबाट बच्न नागरिकहरूलाई कोरिडोर बनाउन आह्वान गरेका छन् । 

रुसी हमलामा ३५२ युक्रेनीको मृत्यु

किभ–युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा १४ बालबालिका पनि छन् । रुसी हमलामा ११६ बालबालिकासहित १६८४ सर्वसाधारण घाइते भएका छन् । तर, मन्त्रालयले युक्रेनी सेनातर्फ भएको क्षतिबारे भने केही सूचना दिएको छैन । 

किभ–युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा १४ बालबालिका पनि छन् । रुसी हमलामा ११६ बालबालिकासहित १६८४ सर्वसाधारण घाइते भएका छन् । तर, मन्त्रालयले युक्रेनी सेनातर्फ भएको क्षतिबारे भने केही सूचना दिएको छैन । 

त्यस्तै, रुसी सेनाले पनि युद्धमा आफ्नो तर्फबाट पनि केही क्षति भएको जनाएको छ । रुसी सेनाले पहिलोपटक आफ्नोतर्फ क्षति भएको स्वीकारेको हो । युक्रेन आक्रमणमा आफ्ना केही सेना मारिएको बताए पनि कुनै तथ्यांक दिएको छैन् । 

युक्रेनले ४३ सय रुसी सैनिक मारिएको दाबी गरेको छ ।

रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति

रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति पुगेको छ । विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभनजिक क्षति पुर्‍याएकाे युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन् । पाँचौ दिन मस्कोले युक्रेनमाथि आक्रमण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले सो खुलासा गरेका हुन् । 

रुसको गोलाबारीपछि एएन–२२५ मिरियामा क्षति पुगेको थियो । युक्रेनको एरोनेटिक्स कम्पनी एन्टोनोभले निर्माण गरेको एएन–२२५ मिरियामा विश्वकै सबैभन्दा ठूलो कार्गो जहाज बताइन्छ ।रुसी सेनाको गोलाबारीपछि किभबाहिर रहेको हस्टोमेल एयरपोर्टबाहिर सो जहाज जलेको थियो । 

ट्विटसँगै युक्रेननको ट्विट ह्यान्डलमा एउटा तस्विर र क्याप्सन पोस्ट गरिएको छ । क्याप्सनमा लेखिएको छ, ‘उनीहरुले हाम्रो सबैभन्दा ठूलो जहाज जलाएका छन, तर हाम्रो मिरिया कहिल्यै विनाश हुनेछैन् । ’

वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल बेलारुसमा

रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारुस पुगेको जनाइएको छ । स्पुतनिकले सोमबार युक्रेनका पाँच सदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागी बेलारुस पुगेका बताइएको छ ।

टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको गत बिहीबार बिहान घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए ।

दशौँ हजार युक्रेनी देश छोडेर भागे

रुसले बिहीबार आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन् । संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिसहरू यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन् ।

यदि स्थिति थप खराब बनेको खण्डमा यूएनएचसीआरले ४० लाखसम्म युक्रेनी शरणार्थीलाई व्यवस्थापन गर्ने योजना बनाएको छ । पोल्याण्ड, रोमानिया, हङ्गेरी र माल्दोभामा यूक्रेनी नागरिकहरूले शरण लिएका प्रारम्भिक सूचना छ ।

युक्रेनबाट २ सय ४४ नेपालीकाे उद्धार

 युक्रेनबाट २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । ‘रुस – युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले साे जानाकारी दिएकाे हाे । समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डामा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना,  माल्डावामा २ जना  सकुशल पुगेका छन् ।

यस्तै, युक्रेनबाट सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १ सय ३० जना,  स्लोभाकियाको सीमामा १२ जना, रोमानियाको सीमामा १० जना र माेल्डावाको सीमामा २ जना नेपालीहरु रोकिएका छन्। उनीहरु सोमवार साँझसम्म सिमा पार गर्ने अनुमान गरिएको छ ।

गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् भने केही नेपालीहरु पर्ख र हेरको अवस्थामा युक्रेनका बिभिन्न शहरमा अझै रहेका छन् ।

रुस – युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष  तथा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षमा आइतवार बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीहरुलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको जानकारी दिए ।

उच्चस्तरीय समितिका संयोजक तथा  गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीहरुको उद्धारको लागि पोल्याण्डको सिमा क्षेत्रमा आफै परिचालित भएकाे जानकारी दिए ।

उच्चस्तरीय समितिका संयोजक तथा  गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीहरुको उद्धारको लागि पोल्याण्डको सिमा क्षेत्रमा आफै परिचालित भएकाे जानकारी दिए ।

गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमवारदेखि सीमा क्षेत्र  केही खुकुलो भएकाे बताए ।

स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुबेदीले सीमा क्षेत्रमा आफै पुगेर  ११ जना नेपालीहरुलाई उद्धार गरेर  सुरक्षित स्थानमा पुराएको जानकारी दिए ।  उनले सीमा क्षेत्रमा महिला र बच्चाहरुलाई पुरुषको तुलनामा सहज भएको बताए । युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीहरुको लागि खानाको कुनै समस्या नरहेको उनले जानाकारी दिए ।  

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा  परेका ८ जना नेपालीहरुलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खाना बस्न प्रवन्ध गरेको जानकारी दिए । स्लोभाकिया पुगेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा पु-याउन सकृय रुपमा लागि परेको उनले बताए ।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपालीहरु सुरक्षित रुपमा रोमानिया भित्रिएको जानकारी दिए । उनले कयौ नेपालीहरु रोमानियाबाट हङगेरी गैरकानुनी रुपमा छिर्न खोजेको बताए । 

उच्चस्तरीय समितिले  सीमा क्षेत्रमा  थप स्वयंसेवक परिचालन गर्ने,  नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधिलाई अघि बढाएको छ ।  

यो पनि
रूसी आक्रमण सामना गरिरहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर को हुन् ?

जेलेन्स्कीले भने- आगामी २४ घन्टा युक्रेनका लागि महत्त्वपूर्ण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested