English

चेल्सीको पोष्टमा लिभरपुुलको ११ गोल



चिरप्रतिद्वन्दी चेल्सीलाई पराजित गत्दै लिभरपुलले काराबाओ कप फुटबलको उपाधि जितेको छ । आइतबार राति वेम्बली मैदानमा भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० गोल अन्तरले हराउँदै लिभरपुल नवौं पटक च्याम्पियन भएको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा कुनै गोल ननिस्किएपपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो ।

पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, फाबिन्हो, भिर्जिल भान डाइक, ट्रेण्ड आर्नोल्ड, मोहमद सलाह, डिएगो जोटा, डिभोक ओरिगी, एन्डी रोबर्टसन, हार्भे इलियोट, इब्राहिमा कोनाटे र केलिहरले गोल गरे ।

चेल्सीका मार्कोस अलन्सो, रोमेलु लुकाकु, काइ हार्भटेज, रिच जेम्स, जोर्जिन्हो, एन्टोनियो रुडिगर,एन्गोलो कान्टे, टिमो वेर्नेर, थियागो सिल्भा र ट्रेभो चालोबहले गोल गरे ।

तर चेल्सीका गोलकिपर केपा एरिजाबालगा पेनाल्टीमा गोल गर्न चुके । लिभरपुलले कीर्तिमानी नवौं पटक काराबाओ कपको उपाधि जितेको हो ।



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested