English

यस्तो छ महाशिवरात्रिको आध्यात्मिक महत्त्व



किंवदन्ती त छँदै छ तर योग परम्परामा यो दिन र रातलाई त्यस हदसम्म महत्त्व दिनुको कारण के हो भने, यसले आध्यात्मिक साधकको निम्ति जे-जति सम्भावनाहरू प्रदान गर्दछ, ती अतुलनीय र अद्‌भुत छन् ।

आधुनिक विज्ञानले थुप्रै चरणहरू पार गरेको छ अनि आज यो बिन्दुमा आइपुगेको छ जहाँ यसले तपाईंलाई यो प्रमाणित गर्न थालिरहेको छ कि सबैथोक- जसलाई तपाईंले जीवनको रूपमा जान्नुभएको छ, जसलाई पदार्थ र अस्तित्वको रूपमा जान्नुभएको छ, जसलाई ब्रम्हाण्ड र आकाशगङ्गाको रूपमा जान्नुहुन्छ- त्यो त्यही ऊर्जा हो, जसले आफूलाई लाखौँ-करोडौँ रूपहरूमा प्रकट गरिरहेको छ ।

यो वैज्ञानिक तथ्य प्रत्येक योगीका निम्ति अनुभवको स्तरमा यथार्थ हो । “योगी” अर्थात् जसमा अस्तित्वको एकत्व बोध भएको छ । जब म “योग” भन्छु, म कुनै निश्चित अभ्यास वा प्रणालीको कुरा गरिरहेको छैन । अनन्तलाई जान्ने सम्पूर्ण अभिलाषा, अस्तित्वमा एक हुँदाको भावलाई जान्ने तीव्र चाहना नै वास्तवमा योग हो । महाशिवरात्रिको रातले व्यक्तिलाई यो अनुभव गर्ने अवसर प्रदान गर्दछ ।

महिनाको चौधौँ रात-औँसीभन्दा एकदिन अगाडिको रात-महिनाभरिको सबैभन्दा अँध्यारो रात हुन्छ । जब हामी “शिव” भन्छौँ, त्यसको एउटा पक्ष यो हो कि हामी आदियोगी अर्थात् पहिलो योगीको बारेमा कुरा गरिरहेका छाैँ । अर्को पक्ष के हो भने “शिव” को शाब्दिक अर्थ हो, “त्यो जुन छैन ।” “त्यो जुन छ”, अस्तित्व वा सृष्टि हो । “त्यो जुन छैन”, शिव हुन् ।

आज आधुनिक विज्ञानले हामीलाई यो भनिरहेको छ कि पूरै सृष्टि शून्यताबाट आएको हो र पुनः शून्यतामै फर्किनेछ । सबैथोक शून्यताबाट आउँछ अनि पुनः शून्यतामै फर्किन्छ । शून्यता नै अस्तित्वको आधार हो । त्यसैले, हामी शिवलाई अस्तित्वको आधारको रूपमा हेरिरहेका छौँ । “त्यो जुन छ” को आधार भनेकै “त्यो जुन छैन” हो ।

शिवरात्रि, महिनाको सबैभन्दा अन्धकार रात हो । प्रत्येक महिना शिवरात्रि मनाउँदा तथा महाशिवरात्रिको उत्सव मनाउँदा यस्तो लाग्न सक्दछ कि हामी अन्धकारको उत्सव मनाइरहेका छौँ । तार्किक दिमाग अन्धकारबाट टाढै रहन चाहन्छ, अनि स्वाभाविक रूपमा प्रकाश वा उज्यालो रोज्दछ ।

तर शिवको शाब्दिक अर्थ हो, “त्यो जुन छैन ।” “त्यो जुन छैन” भनेको के हो भने, जब तपाईं आँखा खोलेर वरपर हेर्नुहुन्छ, यदि तपाईं स-साना चिजहरू खोजिरहनु भएको छ भने तपाईंले निकै धेरै सृजनाहरू देख्न सक्नुहुन्छ, तर यदि तपाईंको दृष्टिले साँच्चिकै विशाल चिजहरू खोजिरहेको छ भने, तपाईंले यो महसुस गर्नुहुनेछ कि यस अस्तित्वमा भएको सबैभन्दा ठूलो उपस्थिति वास्तवमा विशाल शून्यता हो । 

 केही बिन्दुहरू- जसलाई हामी आकाशङ्गा भन्छौँ- ती साधारणतया देखिन्छन् । तर ती सबैलाई थामेर राख्ने विशाल शून्यतामा सबैको ध्यान जाँदैन । यही विशालता, यही अनन्त खालीपनलाई नै शिव भनिन्छ । यतिखेर, आधुनिक विज्ञानले समेत यो प्रमाणित गरेको छ कि सबैथोक शून्यताबाट आउँछन् अनि फेरि शून्यतामै विलिन हुन्छन् । यही सन्दर्भमा, शिव अर्थात् त्यो विशाल रिक्तता वा शून्यतालाई नै महान् देव, महादेव भनिएको हो ।

यस धरतीको हरेक धर्म र संस्कृतिमा, सदैव चैतन्यको सर्वव्यापी प्रकृतिको कुरा गरिएको छ । यदि हामीले यसमा ध्यान दिने हो भने, यो पाउने छौँ कि अन्धकार, शून्यता वा खालीपन मात्र त्यस्तो छ, जुन साँच्चिकै सर्वत्र-व्याप्त छ, जुन जताततै उपस्थित छ ।

सामान्यतया, जब मानिसहरू सुख-समृद्धि खोजिरहेका हुन्छन्, हामी चैतन्यलाई प्रकाशको रूपमा दर्शाउँछौँ । जब मानिसहरू सुख-समृद्धि खोजमा लाग्दैनन्, वा त्यसबाट माथि उठेर आफ्नो जीवनबाट पर जाने, विलिन हुने कुरामा ध्यान दिइरहेका हुन्छन्- यदि उनीहरूको उपासना र साधनाको उद्देश्य विलिन हुनु हो भने— त्यसबेला हामी सदैव चैतन्यलाई अन्धकारको रूपमा हेर्दछाैँ । सद्गुरु प्रवचन

यो पनि
शिवलिङ्गमा चिसो वस्तु किन चढाइन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested