English

रहेनन् वरिष्ठ कलाकार जयनन्द लामा



वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको हृदयघातका कारण बुधबार बिहान १ बजे निधन भएको छ । लामाका छिमेकी विवेक दुलालका अनुसार जयनन्दले मंगलबार आफैं गाडी चलाएर भक्तपुरस्थित निवासमा आएका थिए ।

गाडीबाट ओर्लने क्रममा जयनन्दलाई हृदयघात भएको हो । छिमेकी दुलालको भनाइमा जयनन्दको मुखबाट रगत आएको छ । दुबै खुट्टा गाडीमा र ज्यान भुइँमा लत्रिएको अवस्थामा परिवारले देखेका थिए । जयनन्द निवासमा यतिखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशिल थिए । ‘कलकत्ते काइँयो केश मेरो बाङ्गो टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाले ‘पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।

विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गरेका लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आएका थिए । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरेका लामाले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए ।

साथै विभिन्न विद्यालयमा उनी सङ्गीत गुरुका रूपमा क्रियाशिल थिए । उनका श्रीमती र दुई छोरा छन् ।

यो पनि
दोहोरीले धानेको नेपाली लोक संगीत [भिडियो पनि]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested