English

यस्ता गल्तीले समयपूर्व जन्मिन सक्छ बच्चा



गर्भावस्थामा महिलाले आफ्नो स्वास्थ्यको अरू बेलाभन्दा धेरै ख्याल राख्छन् । जसले गर्दा आफ्नो स्वास्थ्यसँगै बच्चा पनि सुरक्षित रहोस् र प्रसवमा कुनै समस्या नहोस् । तर केही अवस्थामा भने समयपूर्व पनि बच्चा जन्मिन्छन् ।

उमेर र पाठेघरको असक्षमता जस्ता धेरै कारकहरूले पनि यसको पछाडि ठूलो भूमिका खेल्छ । गर्भवती महिलाहरूले केही कुराहरूमा ध्यान दिँदा समयपूर्व बच्चा जन्मिने सम्भावनालाई कम गर्न सकिन्छ । गर्भावस्थाको बेला ध्यान दिनुपर्ने कुराहरू यस प्रकार छन् :

खुट्टाको मालिस
गर्भावस्थामा खुट्टाको मालिसले धेरै आराम मिल्छ । यो समयमा महिलाहरूलाई खुट्टामा मसाज गर्न विशेषज्ञहरू सल्लाह पनि दिन्छन् । तर गर्भावस्थाको समयमा जथाभावी खुट्टाको मालिस गर्नु हुँदैन किनभने यसले पाठेघरलाई सङ्कुचित गर्न सक्छ ।
खुट्टा, टाउको र हातमा अकुप्रेसर विन्दुहरू हुन्छन् जुन धेरै हदसम्म प्रजनन प्रणालीसँग सम्बन्धित हुन्छन् । खुट्टाको मसाज गर्दा तिनीहरूमा दबाबले समयभन्दा पहिले बच्चा जन्मन सक्छन् । कतिपय अवस्थामा गर्भपतन हुने सम्भावना पनि हुन्छ।

मुखको स्वच्छतामा ध्यान नदिनु
सुन्दा, तपाईंलाई अनौठो लाग्न सक्छ, मुखको स्वच्छता समयपूर्व डेलिभरीसँग सम्बन्धित छ । यदि, गर्भवती महिलाले आफ्नो मौखिक स्वास्थ्य स्वच्छता कायम नराखेको खण्डमा, शरीरले केही हर्मोनहरू निस्कासन गर्छ । जसले मुखको संङ्क्रमणको साथसाथै समयभन्दा पहिले डेलिभरी निम्त्याउन सक्छ ।

यसले मुखको सङ्क्रमण जस्तैः दाँत किराले खाने, सुन्निने, गिजाबाट रगत बग्ने, मुखमा अल्सर वा दाँतको दुखाइले समयअघि नै डेलिभरीको जोखिम बढाउन सक्छ । त्यसैले, यस्तो अवस्थामा मुखको स्वच्छतामा विशेष ध्यान दिनुपर्छ ।

भारी व्यायाम
गर्भावस्थाको समयमा, महिलाहरूलाई विशेषज्ञद्वारा निर्धारित व्यायाम गर्न सल्लाह दिइन्छ । यसले गर्दा शरीर तन्दुरुस्त रहन्छ र महिलालाई पनि आराम महसुस हुन्छ । यसका साथै गर्भावस्थामा हुने मधुमेहको जोखिम पनि कम हुन्छ । तर गर्भको अवस्थामा भारी व्यायाम गर्नु जोखिम हुन सक्छ । यो समयमा कुनै पनि कडा व्यायाम गर्ने प्रयास गर्नाले पेटमा दबाब ल्याउन सक्छ, समय पूर्व डेलिभरीको सम्भावना बढ्छ । साथै कहिलेकाहीँ बच्चा पनि यसबाट प्रभावित हुन सक्छ ।

लामो यात्रा
गर्भावस्थामा लामो यात्रा गर्नु पनि खतराको सूचक हुन सक्छ । गर्भवती महिलाले शुरुको ३ महिना र अन्तिम ३ महिनामा लामो दूरीको यात्रा गर्नु हुँदैन । यसले गर्भपतन हुने तथा समयपूर्व बच्चा जन्मने सम्भावना हुन्छ । यस्तो अवस्थामा युरिन इन्फेक्सन भएको खण्डमा पनि समय पूर्व बच्चा जन्मने सम्भावना हुन्छ । त्यसैले, लामो यात्रा नगर्नुको साथै युरिन इन्फेक्सन हुन नदिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

स्तनको उत्तेजना
गर्भावस्थाको समयमा महिलाको शरीरमा धेरै परिवर्तनहरू हुन्छन् । यस समयमा महिलाहरूले निप्पल चिलाउने वा हल्का दबाब महसुस हुने हुन सक्छ । निप्पल चिलाउँदा शरीरले अक्सिटोसिन नामक हर्मोन उत्सर्जन गर्छ जसले समयभन्दा अघि नै डेलिभरी गराउन सक्छ । त्यसैले गर्भावस्थाका महिलाले निप्पलमा दबाब पर्ने काम गर्नु हुँदैन ।

यो पनि
हिउँदमा केटु : टोली क्याम्प फोर प्रस्थान गर्दै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested