English

हिउँदमा केटु : टोली क्याम्प फोर प्रस्थान गर्दै



हिमालहरुको पनि हिमाल, आरोहीहरुको हिमाल, हिमालहरुको राजाजस्ता विविध उपनामले विश्वविख्यात पाकिस्तानमा अवस्थित केटु हिमाल विश्वको दोस्रो अग्लो हिमाल हो । सगरमाथा भन्दा मात्र २३७.८६ मिटरले सानो भएतापनि प्राविधिक रुपमा केटु आरोहण असाध्यै जटिल र चुनौतीपूर्ण छ ।

हिउँदेयाममा केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही बन्ने लक्ष्य बोकेकी ताइवानकी सेन को अर (ग्रेस) को टोली यतिबेला क्याम्प थ्री पुगेका छन् । निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा मिङ्मा दोर्जे तामाङ, दावा शेर्पा, छिरिङ शेर्पा र फुरु शेर्पाले ७२५५ मिटरको उचाइ क्याम्प थ्रीसम्मको बाटो खोलेका हुन् । क्याम्प थ्रीबाट भिडियो कल गर्दै आरोही दलका प्रमुख गाइड निमा ग्याल्जेन शेर्पाले फेब्रुअरी २३ मा क्याम्प फोरसम्मको बाटो खोल्ने र फेब्रुअरी २५ को बिहान शिखर चुम्ने योजना रहेको बताए ।

हिउँदमा हिमपहिरोको डर शून्य जस्तै नै हुन्छ तर –४० डिग्री सेल्सियस तापक्रमको खपिनसक्ने जाडो र ६०–७० कि.मि. प्रतिघण्टाको गतिमा बहने खतरनाक हावाले आरोहण ज्यादै कठिन हुने निमाले सुनाए ।

‘प्रतिकुल मौसम नै मूख्य चुनौती हो । हाम्रो योजना अनुरुप फेब्रुअरी १८ तिरै शिखर पुग्ने भन्ने थियो तर मौसमले साथ नदिएपछि तीन दिन क्याम्प थ्रीमा बितायौं,’ उनले भने, ‘हाम्रा केही टेन्टहरु पनि हावाले उडाए, र हामी बेस क्याम्पमै फर्कियौं ।’ हिउँदमा हिमपहिरोको डर शून्य जस्तै नै हुन्छ तर –४० डिग्री सेल्सियस तापक्रमको खपिनसक्ने जाडो र ६०–७० कि.मि. प्रतिघण्टाको गतिमा बहने खतरनाक हावाले आरोहण ज्यादै कठिन हुने निमाले सुनाए ।

सन् २०२१ फ्रेब्रुअरीसम्म विश्वका ७ अर्ब ९० करोड जनसंख्यामध्ये तीन सय ७७ जनामात्र आरोहीले उक्त हिमालको सफल आरोहण गरेका छन् भने ९१ जना आरोहीले हिमालमै देहत्याग गरिसकेका छन् । यस तथ्यांकले पनि केटु आरोहण कत्ति जोखिमपूर्ण छ, अनुमान लगाउन सकिन्छ । सन् १९५३ मा अमेरिकी एक्सपिडिसनका एक आरोही जर्ज बेलले त यत्तिसम्म भनेका छन् कि ‘केटु एउटा बर्बर हिमाल हो जसले जानी बुझी हामीलाई मार्न खोज्छ’ ।

गतवर्ष मिङ्मा ग्याल्जे शेर्पा र निर्मल पूर्जासहितको १० नेपाली आरोहीले हिउँदेयामको पहिलो सफल आरोहण गरेपछि हिउँदेयाममा केटु आरोहण गर्ने क्रेज बढेको हो । ‘केटु आरोहण चानचुने कुरा होइन । हामी आफैले शिखरसम्मको बाटो खोल्ने हो र आरोहण गर्ने हो । केही समाचारमा आधारशिविरबाटै अक्सिजन प्रयोग गरेको भनी झूटो खबर पढ्दा साह्रै दुःख लाग्छ,’ निमा भन्छन्, ‘क्याम्प फोर भनेको ७७११ मिटरको उचाइमा पर्छ, त्यहाँबाट मात्र हामीले अक्सिजनको प्रयोग गर्ने हो ।’

गत जानवरी १२ मा पाकिस्तान प्रस्थान गरेको ग्रेसको टोलीको भने यस सिजनको केटु आरोहण गर्ने यो अन्तिम प्रयास हुनेछ । ‘मौसमले साथ दिए हामी सफल अवश्य हुन्छौं । अब यसपछि वसन्त ऋतुमा भने हामी अन्नपूर्ण र मकालु हिमाल आरोहण गर्ने तयारी गर्नेछौं,’ डोल्मा आउटडोरका अध्यक्ष समेत रहेका शेर्पाले जानकारी दिए ।

गतवर्षको शरद ऋतुमा शेर्पाकै नेतृत्वमा विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंगाको सफल आरोहण गर्दै ताइवानबाट उक्त हिमाल आरोहण गर्ने ग्रेस पहिलो महिला बनिन् । मनास्लु, सगरमाथा, ल्होत्से, धौलागिरी लगायतका हिमालको आरोहण गरिसकेकी उनको ८ हजार मिटरका १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य रहेको छ ।

८ पटक सगरमाथा आरोहण गरी गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दुईवटा विश्व किर्तिमान समेत कायम गरिसकेका टोली नेता निमाले भने यसअघि ल्होत्से, मनास्लु, चोयु, अन्नपूर्ण, सिसापाङ्मा, धौलागिरी, कञ्चनजंघा, मुस्तागआता, हिमलुङ, आमादब्लम लगायतका हिमालहरु आरोहण गरिसकेका छन् ।

यो पनि पढ्नुहोस्:
नेपाली आरोही केटु आरोहणतिर
बाजेको पाइला पछ्याउँदै आङरिताका नाति (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested