English

सुखसँग सम्बन्धित बुद्धका सन्देश



एकपटक अनाथपीण्डिक भगवान बुद्धकहाँ गए । अभिवादन गरे । एक छेउमा बसे । गृहस्थ कसरी सुखी रहन सक्छ ? अनाथपीण्डिक जान्न चाहन्थे । अनाथपीण्डिकले बुद्धसँग प्रार्थना गरे ताकी बुद्धले गृहस्थ जीवनको सुखको रहस्य बुझाउन ।

अनाथपीण्डिकले बुद्धसँग प्रार्थना गरेपछि बुद्धले केही भने–

गृहस्थको पहिलो सुख सम्पत्तिको मालिक बन्नु हुन्छ । एक गृहस्थका साथमा धार्मिक र न्यायसंगत तरिकाले कडा परिश्रमले कमाएको धन हुन्छ । यस बिचारले मेरो साथमा न्यायोचित आर्जन गरेको धन छ । उसलाई प्रशन्नता मिल्छ ।

दोस्रो सुख सम्पत्तिको भोगको हुन्छ । एक गृहस्थसँग धार्मिक तरिकाले धेरै परिश्रम गरेर कमाएको धन हुन्छ । ऊ आफ्नो धनको उपभोग गर्दछ र पुण्य कर्म गर्दछ । यस बिचारले कि म आफ्नो न्यायोचित तरिकाले आर्जित धनले पुण्य कर्म गर्दछु, उसलाई खुसी मिल्दछ ।

तेस्रो सुख “ऋण” नहुनु हो । कुनै पनि गृहस्थको शीरमा धेरै-थोरै ऋणको बोझ हुनुहुँदैन । यस बिचारले मेरो शीरमा कसैको पनि ऋण छैन । ऊ प्रशन्न रहन्छ ।

चौथो सुख दोषरहित हुनु हो । एक गृहस्थको शारिरीक कर्म निर्दोष हुन्छ । वाणीको कर्म निर्दोष हुन्छ । मनको कर्म निर्दोष हुन्छ । उसलाई निर्दोषताको सुख प्राप्त हुन्छ । अनाथपीण्डिक ! निश्चय नै यी चार सुखहरू यस्ता छन् जसलाई गृहस्थले प्रयास गरेमा प्राप्त गर्न सक्नेछ ।

यो पनि
जीवन हेर्ने दृष्टिकोण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested