English

पार्टनरसँग यी विषयमा कुरा गर्न ढिलो नगर्नुहोस्



कतिपय कुरा कसैलाई पनि भन्न नमिल्ने पनि हुन्छ । तर, केही यस्ता कुरा छन् जो आफ्नो पार्टनरलाई भन्न छुटाउनु हुँदैन । यस्ता कुरा लुकाउँदा दाम्पत्य जीवनै समस्यामा पर्न सक्छ । तसर्थ सुमधुर सम्बन्धका लागि जीवनसाथीलाई निम्न कुरा भन्नै पर्ने हुन्छ ।

पार्टनरसँगको अपेक्षा

पार्टनरसँग आफ्नो केही अपेक्षा छ भने त्यसलाई खुलस्त भन्न सक्नुपर्छ । पार्टनरबाट आफूले के–के अपेक्षा गरेको छ त्यसको बारेमा बताउन ढिलो गर्दा कुरा मनमै रहिरहन्छ ।

निजी काम र एकान्तता

विवाहअघि होस् वा प्रेम सम्बन्धमा, यदि कुनै निजी काममा जाँदै हुनुहुन्छ भने त्यसबारे पार्टनरलाई बताउन आवश्यक हुन्छ ।

साथै आफूलाई थोरै अलग राखेर एकान्तता खोज्नुभएको छ भने पनि यसलाई खुलस्त पार्टनरलाई भन्नुपर्ने हुन्छ । ताकि पछि यसका कारण कुनै द्वन्द्व सिर्जना नहोस् र सम्बन्धमा विश्वास रहिरहोस् ।

किनमेल

किनमेलका कुरामा पार्टनरबीच कुराकानी हुनुपर्दछ । साना वस्तुभन्दा पनि ठूलो बजेट वा महँगो चिज किन्दा यसको बारेमा पार्टनरलाई जानकारी गराउने र स्वीकृति लिनुपर्दछ । यसले खर्चको स्रोत र सम्बन्धमा आशंका पैदा हुनबाट बचाउँछ ।

परिवारको स्वभाव

विशेषगरी नयाँ सम्बन्ध गाँसिएपछि आफ्ना परिवारका सदस्यहरूको स्वभाव बारे पार्टनरलाई थाहा हुँदैन । तसर्थ यसबारे समय छँदै पार्टनरलाई सबैको स्वभावबारे बताउँदा यसले सम्बन्धमा अड्चन आउने खतरा कम हुन्छ ।

यौन सम्पर्क

कहिलेकाहीँ आफूलाई मुड नभएको बेलामा पनि पार्टनरले तर्पांलाई यौन सम्पर्कका बारेमा आग्रह वा कर गर्न सक्छन् । पार्टनरका लागि यो चाहना स्वभाविक भए पनि आफूलाई मुड छैन भने यस बारे खुलस्त भन्नुपर्ने हुन्छ । दुवैजना तयार नभएसम्म गरिने यौनसम्पर्क निरर्थक हुन्छ । त्यसैले, यसबारे भन्न अप्ठेरो मान्नुहुँदैन ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested