English

क्यानडाले नेपाललाई दियो ८१ रनको लक्ष्य



आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपाललाई क्यानडाले ८१ रनको लक्ष्य दिएको छ । टस हारेर फिल्डिङ राेजेकाे क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रन बनाएकाे हाे।


नेपालले क्यानडासामू उत्कृष्ट प्रदर्शन गरेकाे छ । पहिलो ओभरमै कमलसिंह ऐरीले क्यानडाका म्याथ्यु स्पोर्सलाई खाता खोल्ने मौका नै नदिई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । यसैगरी, पाँचौ ओभरमा ऐरीले नै नवजीत धालिवाललाई १८ रनको स्कोरमा लोकश बमबाट क्याच आउट गराएको थिए । साथै, सोही ओभेरमा अविनाश बोहराले रविन्दरपाललाई आशिफ सेखबाट क्याचआउट गराएका थिए ।

नेपालले समूहको पहिलो खेलमा घरेलु टिम ओमानमाथि ३९ रनको जित निकालेको थियो । त्यस्तै, दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले हरायो ।

नेपाल ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको क्यानडा र तेस्रो स्थानको ओमानको समान २–२ अंक छ । उसो त ४.३७ रनरेट रहेको नेपालका लागि सेमिफाइनलमा जानका लागि क्यानडालाई जिते पुग्छ ।

नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आसिफ शेख, अभिनास बोहरा, जितेन्द्रकुमार मुखिया, मोेमहद आरिफ शेख, कमलसिंह ऐरी, विवकेकुमार यादव, लोकेशबहादुर बम, गुल्शनकुमार झा, सागर ढकाल रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested