English

चप्पल लगाउँदा हुन्छ यस्तो फाइदा



कतिपय व्यक्तिहरू गर्मीमा पनि चप्पल लगाउन संकोच मान्छन् र चप्पलभन्दा जुत्ता लगाउन उचित ठान्छन् । तर गर्मी सिजनमा चप्पल लगाउनुका अनेक फाइदा छन् ।

संक्रमणको जोखिम कम हुन्छ

गर्मीमा पसिना अधिक निस्किन्छ । जुत्ता, मोजा लगाउँदा झन पसिना निस्किन्छ र संक्रमणको खतरा बढ्छ । यसबाट बच्न चप्पल लगाउनु लाभकारी हुन्छ । चप्पल लगाउनाले खुट्टामा प्रर्याप्त हावा जान्छ र खुट्टा धुन सजिलो पनि हुन्छ । यसरी खुट्टा धोएमा खुट्टामा भएको फोहोर पखालिनाले संक्रमणको जोखिम कम हुन्छ । जुत्ता लगाएर बस्नेहरुले चप्पल लगाउनेको तुलनामा कमै खुट्टा धुन्छन् । यसले संक्रमण बढ्ने खतरा उनीहरुमा बढी नै हुन्छ ।

गर्मी सिजनमा खुट्टाको गन्ध आउने समस्या अधिक व्यक्तिमा देखिन्छ । यो समस्याबाट मुक्त हुन तपाईंले चप्पलको प्रयोग गर्न सक्नु हुन्छ । तर तपाईले चप्पल र खुट्टा समय–समयमा सफा गर्नुपर्छ ।

खुट्टाको गन्धबाट छुट्कारा

गर्मी सिजनमा खुट्टाको गन्ध आउने समस्या अधिक व्यक्तिमा देखिन्छ । यो समस्याबाट मुक्त हुन तपाईंले चप्पलको प्रयोग गर्न सक्नु हुन्छ । तर तपाईले चप्पल र खुट्टा समय–समयमा सफा गर्नुपर्छ ।

खुट्टाको लागि आरामदायक

जुत्ता लगाउनाले खुट्टामा अधिक पसिना आउने, खुट्टा दुख्ने जस्ता समस्या देखा पर्छ । यसबाट छुट्कारा पाउन पनि चप्पल लगाउने गर्नुपर्छ ।

लगाउन र खोल्न सहज

चप्पल लगाएमा जुत्ता जस्तो खोल्न र लगाउन झन्झट हुँदैन । जस्तोसुकै ठाउँमा सजिलै लगाउन र खोल्न सकिन्छ ।

भिज्ने डर हुँदैन

जुत्ता लगाउँदा पानीमा भिज्ने डर हुन्छ । जसकारणले हामीले खुट्टा पनि धुँदैनौ । तर चप्पल लगाउँदा यो डर हुँदैन । त्यसैले गर्मी सिजनमा चप्पल लगाउनु नै उपयुक्त हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested