English

यी हुन् सम्बन्ध बिच्छेद गरेका महिलासँग विवाह गर्ने पाँच क्रिकेटर



विश्व क्रिकेटमा खेलाडीहरूको चर्चा धेरै हुन्छ । खेल प्रदर्शनदेखि उनीहरूको पारिवारिक अवस्थासम्म । धेरै क्रिकेटरहरूको विवाहलाई लिएर चर्चा परिचर्चा भइरहन्छ। कतिपय क्रिकेटर विवाहपछिका प्रेमले चर्चामा पर्ने गरेका छन् भने कही सम्बन्ध विच्छेद गरेका महिलासँग विवाह गरेका कारण चर्चामा छन् ।

शिखर धवन

शिखर धवनले सन् २०१२ मा आयशा मुखर्जीसँग विवाह गरेका थिए। आयशा मेलबर्नकी एक ब्रिटिश बंगाली हुन् । पहिलो विवाहपछि आयशाले सम्बन्ध बिच्छेद गरेकी थिइन्।उनका पहिलो श्रीमानबाट दुई छोरी पनि छन् । आयशा शिखरभन्दा १० वर्ष जेठी छिन्। शिखर र आयशाको पनि गत वर्ष सम्बन्ध विच्छेद भएको थियो । उनीहरू एक छोरा पनि छन्।

अनिल कुम्बले

भारतका चर्चित लेग स्पिनर अनिल कुम्बलेकी श्रीमतीको पनि पहिलो श्रीमानसँग सम्बन्ध बिच्छेद भएको थियो । चेतना नामकी यी महिलासँग कुम्बलेले सन् १९९९ मा विवाह गरेका थिए।

मोहम्मद शामी

यो सूचीमा भारतीय तीव्र गतिका बलर मोहम्मद शामीको नाम पनि आउँछ । शामीले २०१४ मा हसिन जहाँसँग विवाह गरेका थिए । तर, अहिले यी दुईबीचको सम्बन्ध राम्रो छैन् । र, दुवै अलग बस्छन् । हसिनले पहिलो श्रीमानसँग पनि सम्बन्ध बिच्छेद गरेकी थिइन् ।

मुरली विजय

भारतीय ब्याट्सम्यान मुरली विजयले निकिता भान्जारासँग विवाह गरेका थिए । निकिता टिम भारतीय खेलाडी दिनेश कार्तिककी पहिलो पत्नी थिइन् । तर, पछि कार्तिकसँग सम्बन्ध बिच्छेद गरी विजयसँग विवाह गरिन् ।

बैंकटेश प्रसाद

भारतीय टीमका पूर्व तीव गतिका बलर बैंकटेश प्रसादले पनि सम्बन्ध बिच्छेद गरेकी महिलासँग विवाह गरेका थिए ।
सन् १९९६ मा बैंकटेश प्रसादले पहिलो पतिसँग सम्बन्ध बिच्छेद गरेकी जयन्ती नामकी महिलासँग विवाह गरे । यी दुईको भेट क्रिकेटर अनिल कुम्बलेले गरेका थिए।

यो पनि
आयरल्याण्डसँग नेपाल पराजित
भारतीय क्रिकेटर : जो बने रोडदेखि करोडपतिसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested