English

धेरै रोगमा उपयोगी छन् यी जडीबुटी



उचित आहारको अभावले शरीरमा पोषक तत्त्वको कमी हुन्छ । जसले गर्दा रोग कमजोर व्यक्तिहरू प्रतिरोधात्मक क्षमता कमजोर भई बारम्बार बिरामी भइरहन्छन् । यदि, प्रतिरक्षा प्रणाली स्वस्थ र बलियो छ भने, रोगहरूको जोखिम कम हुन्छ । तर, पोषक तत्त्वहरूको कमी भएमा शरीर कमजोर हुँदै जाँछ । यस्तो अवस्थामा यी जडीबुटीहरूको प्रयोग गर्न सकिन्छ ।

अमला

अमलाका धेरै फाइदाहरू छन्, जसले धेरै स्वास्थ्य समस्याहरूमा राहत दिन्छ । हाम्रो शरीरका आवश्यक अंगहरू जस्तै कलेजो, मुटु, मस्तिष्क र फोक्सोको उचित तथा नियमित कार्यमा अमला धेरै प्रभावकारी साबित हुन्छ ।

अमलामा भिटामिन ‘सी’, एमिनो एसिड, पेक्टिन र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । त्यसका साथै यसमा एन्टी इन्फ्लेमेटरी, एन्टी माइक्रोबियल गुण पनि हुन्छ, जसले प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

तुलसी

तुलसीको प्रयोग इम्युनिटी बढाउनका लागि गरिन्छ । यसमा पाइने एन्टी-माइक्रोबियल गुणले श्वासप्रश्वासको समस्याबाट छुटकारा पाउन निकै प्रभावकारी साबित हुन्छ । यति मात्र होइन, तुलसीले विभिन्न संक्रमणबाट बचाउनुका साथै चिन्ता, डिप्रेसन र थकान जस्ता अवस्थामा पनि फाइदा गर्दछ ।

छातीमा जमेको कफ हटाउन र खोकीलाई कम गर्न पनि तुलसीले सहयोग गर्छ । यस जडीबुटीमा रहेको एन्टी-अक्सिडेन्टले शरीरलाई डिटोक्स गर्ने काम गर्छ ।

अश्वगन्धा

यो जडीबुटी लामो समयको दुखाइका लागि परम्परागत चिकित्सामा प्रयोग गरिन्थ्यो । अश्वगन्धाले दुखाइ कम गर्न मात्र काम गर्दैन, नशा र हड्डीलाई बलियो बनाउन पनि सहयोग गर्छ । राति निन्द्रा नलागेर वा तनावबाट ग्रसित भएमा यसलाई प्रयोग गरेर आराम पाउन सकिन्छ ।

यो पनि
केरा खेतीले पाखोबारी हराभरा, उकासियो जीवनस्तर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested