English

२० अंकले घट्यो सेयर बजार



बुधबार सेयर बजार करिब २० अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ५३.३० अंक बढेर बन्द भएको नेप्से, यस दिन १९.८४ अंक घटेर २७३४.४४ विन्दुमा झरेको छ।

आज सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २३१ कम्पनीको ३९ हजार ६६८ पटकको कारोबारमा ३ अर्ब २ करोड ६३ लाख रुपियाँ बराबरको ५६ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार गुराँस लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, नेपाल एसबिआई बैंक, सामलिङ्ग पावर, स्वाभिमान लघुवित्त र जनउत्थान सामूदायिक लघुवित्तको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ भने सिंगटि हाइड्रो, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेशनल हाइड्रोपावरको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

बुधबार १३ उपसमूहको परिसूचकमध्ये जीवन बीमा र अन्य उपसमूहको परिसचूक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.१८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि…
सेयर बजार राताम्मे
१०० अंकले नेप्से घट्दा बजार राताम्मे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested