English

६८० जनामा संक्रमित थपिँदा १८३५ जना निको



नेपालमा थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ८ सय ३५ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ हजार ९५ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । जमसमा काठमाडौंमा १७०, भक्तपुरमा १५ र ललितपुरमा २४ संक्रमित थपिएका हुन् । यसैगरी, पछिल्लो २४ घन्टामा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११हजार ९ सय २ पुगेको छ ।

नेपालमा हाल १९ हजार ४ सय सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमा १९ हजार ९ सय ८२ जना संक्रमित होम आइसोलेसन र ७ सय ५७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, १ सय ७४ संक्रमितको आईसीयु र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो पनि…
७४७ जनामा संक्रमित थपिँदा २,३१९ जना निको



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested