English

‘महामूर्ख’ पहाडलाई दिएको सम्मान हो– हरिवंश आचार्य



मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडी यस वर्षको ‘महामूर्ख’ घोषित भएका छन् । मिथिला नाट्यकला परिषद् (मिनाप) ले होलीको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको ‘महामूर्ख सम्मलेन’ले महलाई यो सम्मानवाट विभूषित गरेको हो ।

महामूर्ख घोषित भएपछि अभिनेताद्वय महका ‘ह’ अर्थात् बरिष्ठ अभिनेता हरिवंश आचार्य के भन्छन् त ? प्रस्तुत छ, हाम्रा संवाददाताले उनीसँग टेलिफोनबाट गरेको छोटो कुराकानी –

महामूर्ख घोषित भएकोमा आभारी छौं भन्नु भएछ । आभारी नै हुनुभएको हो त ?

निश्चय नै आभारी छौं । यो सद्भावको पुरस्कार हो । हाम्रो विचारमा मधेसले पहाडलाई दिएको सम्मान हो ।

कसरी छानिनु भयो त, महामूर्ख ?

मिनापवाट हामीले धेरै सहयोग पाएका छौं । हाम्रा धेरै सिरियलहरूमा मिनापका कलाकारहरू हुनुहुन्छ । रञ्जु झा सहिद हुनुभयो । उहाँ पनि मह सञ्चारसँग जोडिनु भएको थियो ।

अर्थात् सद्भाव जोडिएको छ, हामीबीच ।

मलाई लाग्छ, महामूर्ख सम्मेलनमा पहाडका पात्र छानिएको यो नै पहिलो पटक हो । यसकारण पनि गौरव अनुभूति भइरहेको छ ।

‘महामूर्ख’ उपाधि भन्दा त्यति राम्रो सुनिदैन नि, होइन ?

सुन्न जान्नुपर्छ । हाँस्य–ब्यङ्ग्यमा रमाइलोका लागि उल्टो अर्थ लगाएर पनि बुझिन्छ ।

जसरी गाईजात्रामा हाँस्य–ब्यङ्ग्य हुन्छ, त्यसैगरी होलीमा पनि हुन्छ । उहाँहरूले दिएको प्रमाण–पत्रमा गौरवका कुरा उल्लेख गर्नु भएको छ । देशमा भएका प्रजातान्त्रिक आन्दोलनमा आवाज उठाएर मूख्र्याई गर्नुभयो भनिएको छ । समाजसेवा गरेर मूर्ख काम गर्नुभयो भनिएको छ । राष्ट्र जोड्ने काम गरेर मूख्र्याई गर्नुभयो भन्ने उल्लेख छ । यसको मतलव सम्मान हो भनेर बुझ्नुपर्छ । हामीले पनि त्यही बुझ्यौं ।

यो उपाधि कहिलेसम्मको लागि हो ?

फुटबलमा मात्र रनिङ शिल्ड पचाउन बर्षैपिच्छे जित्नुपर्छ । तर, यो सम्मान त्यस्तो होइन, जिन्दगी भरिका लागि हो । दुई नं प्रदेश, समग्रमा मधेसको सम्मान हो, ‘महामूर्ख’ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested