English

आज भ्यालेन्टाइन डे : यस्ता उपहार दिन सकिन्छ



आज भ्यालेन्टाइन डे । यस दिन प्रेमी प्रेमीकाले एकअर्कालाई उपहार दिने चलन छ । त्यो उपहारमा केवल माया छ । प्रेमीकाका लागि उपहार छनोट गर्न अलि गाह्रो हुन सक्छ । किनकी प्रेमीकालाई के मन पर्छ के पर्दैन थाहा हुँदैन । त्यसैले यदि आफ्नो प्रेमीकालाई उपहार दिन चाहानुहुन्छ भने केही उपहारहरू छनोट गर्न सकिन्छ ।

ब्रेसलेट घडी

अहिले महिलाहरूका लागि घडी एक स्टाइलिस स्टेटमेन्ट बनेको छ । घडीले हातको सौन्दर्य पनि बढाँउछ । हिजोआज महिलाहरूका लागि फरक-फकर डिजाइनका घडी उपलब्ध छन् । यति मात्र होइन घडी ब्रेसलेटको रूपमा पनि आउने गर्छन् । साथै योे घडीलाई भ्यालेन्टाइन डेमा उपहार दिन सकिन्छ ।

बेस्ट गर्लफ्रेण्ड ट्रफी

जब तपाईं आफ्नो प्रेमीकालाई भन्न सक्नुहुन्छ कि तिमी संसारको सबैभन्दा राम्री प्रेमीका हौ । यसका लागि तपाईंले बेस्ट गर्लफ्रेण्ड ट्रफी दिनुहोस् । यो कुनै पनि प्रेमीकाको लागि एक सुन्दर भ्यालेन्टाइन उपहार हुन सक्छ । यो उपहारले उनीहरूलाई तपाईंको जीवनमा विशेष स्थान छ भन्ने महसुस गराउँछ ।

लिपस्टिक

यदि तपाईंकी प्रेमीकाले लिपस्टिक लगाउन मन पराउनुहुन्छ भने भ्यालेन्टाइनमा उपहार दिन सकिन्छ । गर्लफ्रेण्डलाई मन पर्ने रंगको लिपस्टिक वा विभिन्न रंगको लिपस्टिकको कम्बो प्याक बनाएर पनि गिफ्ट गर्न सकिन्छ ।

कफी कप

चित्र बनाएर कफी कप गिफ्ट गर्न सकिन्छ । यसबाहेक म्यजिकल कप पनि धेरै लोकप्रिय छन् । यसमा आफ्नो मनपर्ने तस्बिर राखेर गिफ्ट गर्न सकिन्छ । जुन तातो तरल पदार्थ खन्याएपछि मात्र देखिन्छ ।

फोटो ह्याङ्गिङ क्लिप्स

यो धेरै मानिसका लागि नयाँ हुन सक्छ । वास्तवमा फोटो ह्याङ्गिङ क्लिप्सहरू प्रकाशको साथमा हुन्छन् र यसमा साना क्लिप्स पनि हुन्छन् । जसको मद्दतले आफ्ना ती यादगार फोटोहरूलाई यसमा लगाउन सक्नुहुन्छ । जसले तपाईंलाई याद दिलाउनेछ ।

यो पनि
प्रेममा अडिएको जीवन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested