English

स्वस्थ रहनको लागि डब्लूएचओका यस्ता सुझाव



‘स्वास्थ्य नै ठूलो धन हो’ हामीले धेरै पटक सुनेका छौँ । तर, आजको व्यस्त परिस्थितिमा आफूलाई शारीरिक र मानसिकरूपमा स्वस्थ राख्नु ठूलो चुनौती भएको छ । त्यसैले, विश्व स्वास्थ्य संगठनले सजिलै स्वस्थ रहन यी १२ टिप्स सुझाएको छ :

स्वस्थ आहार

पोषणविद् वा डाक्टरको सल्लाहअनुसार खाना खानुपर्छ । प्याकेट फुड ताथ जंकफुडको सेवन गर्नु हुँदैन ।

शारीरिक रूपमा सक्रिय

यदि, अफिसमा बसेर ८–१० घण्टा काम गर्नुहुन्छ भने, त्यसपछि प्रत्येक एक घण्टापछि सिटबाट उठ्ने र थोरै हिँड्ने गर्नुपर्छ । नियमित व्यायामलाई जीवनको हिस्सा बनाउनुपर्छ ।

समयमै सबै खोप लगाउने

जसलाई कुनै पनि रोगको खोप चाहिन्छ, उनीहरूले खोप लगाई हाल्नुपर्छ । रोग नभए पनि रोगविरुद्धको खोप लगाउनुपर्छ ।

सुर्तीजन्य पदार्थ सेवन नगर्ने

बिँडी, चुरोट वा गुटखाजस्ता कुनै पनि रूपमा सुर्ती सेवन गर्नु हुँदैन ।

मद्यपान नगर्ने

रक्सी स्वास्थ्यका लागि हानिकारक छ, यसको लतमा हुनुहुन्छ भने मद्यपानलाई कम गर्नुपर्छ ।

तनाव नियन्त्रण गर्ने

शारीरिक र मानसिक स्वास्थ्यको लागि तनावलाई नियन्त्रणमा राख्नुपर्छ ।

सरसफाइमा विशेष ध्यान दिने

आफ्नो जीवनमा सरसफाइसँग सम्बन्धित बानीहरू अपनाउनुपर्छ । घर तथा वरपरको वातावरण सफा तथा स्वच्छ राख्नुपर्छ ।

सुरक्षित यौन सम्पर्क

सुरक्षित यौन सम्पर्क गनाले विभिन्न यौन रोग लाग्नबाट बच्न सकिन्छ त्यसैले यो कुरामा पनि ध्यान दिनुपर्छ ।

नियमित स्वास्थ्य परीक्षण

स्वस्थ रहनका लागि नियमित स्वास्थ्य परीक्षण गर्नु पनि एकदमै महत्वपूर्ण छ । त्यसैले, नियमित स्वास्थ्य परीक्षण गर्ने बानी अपनाउनु पर्छ ।

स्तनपानलाई समर्थन

स्तनपान गर्भवती महिला र बच्चा दुवैको स्वास्थ्यका लागि महत्वपूर्ण छ । त्यसैले, स्तनपानलाई समर्थन गर्नु स्वास्थ्यका लागि राम्रो हो ।

(विश्व स्वास्थ्य संगठनले सेयर गरेको भिडियोमा आधारित)

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र