English

स्वस्थ रहनको लागि डब्लूएचओका यस्ता सुझाव



‘स्वास्थ्य नै ठूलो धन हो’ हामीले धेरै पटक सुनेका छौँ । तर, आजको व्यस्त परिस्थितिमा आफूलाई शारीरिक र मानसिकरूपमा स्वस्थ राख्नु ठूलो चुनौती भएको छ । त्यसैले, विश्व स्वास्थ्य संगठनले सजिलै स्वस्थ रहन यी १२ टिप्स सुझाएको छ :

स्वस्थ आहार

पोषणविद् वा डाक्टरको सल्लाहअनुसार खाना खानुपर्छ । प्याकेट फुड ताथ जंकफुडको सेवन गर्नु हुँदैन ।

शारीरिक रूपमा सक्रिय

यदि, अफिसमा बसेर ८–१० घण्टा काम गर्नुहुन्छ भने, त्यसपछि प्रत्येक एक घण्टापछि सिटबाट उठ्ने र थोरै हिँड्ने गर्नुपर्छ । नियमित व्यायामलाई जीवनको हिस्सा बनाउनुपर्छ ।

समयमै सबै खोप लगाउने

जसलाई कुनै पनि रोगको खोप चाहिन्छ, उनीहरूले खोप लगाई हाल्नुपर्छ । रोग नभए पनि रोगविरुद्धको खोप लगाउनुपर्छ ।

सुर्तीजन्य पदार्थ सेवन नगर्ने

बिँडी, चुरोट वा गुटखाजस्ता कुनै पनि रूपमा सुर्ती सेवन गर्नु हुँदैन ।

मद्यपान नगर्ने

रक्सी स्वास्थ्यका लागि हानिकारक छ, यसको लतमा हुनुहुन्छ भने मद्यपानलाई कम गर्नुपर्छ ।

तनाव नियन्त्रण गर्ने

शारीरिक र मानसिक स्वास्थ्यको लागि तनावलाई नियन्त्रणमा राख्नुपर्छ ।

सरसफाइमा विशेष ध्यान दिने

आफ्नो जीवनमा सरसफाइसँग सम्बन्धित बानीहरू अपनाउनुपर्छ । घर तथा वरपरको वातावरण सफा तथा स्वच्छ राख्नुपर्छ ।

सुरक्षित यौन सम्पर्क

सुरक्षित यौन सम्पर्क गनाले विभिन्न यौन रोग लाग्नबाट बच्न सकिन्छ त्यसैले यो कुरामा पनि ध्यान दिनुपर्छ ।

नियमित स्वास्थ्य परीक्षण

स्वस्थ रहनका लागि नियमित स्वास्थ्य परीक्षण गर्नु पनि एकदमै महत्वपूर्ण छ । त्यसैले, नियमित स्वास्थ्य परीक्षण गर्ने बानी अपनाउनु पर्छ ।

स्तनपानलाई समर्थन

स्तनपान गर्भवती महिला र बच्चा दुवैको स्वास्थ्यका लागि महत्वपूर्ण छ । त्यसैले, स्तनपानलाई समर्थन गर्नु स्वास्थ्यका लागि राम्रो हो ।

(विश्व स्वास्थ्य संगठनले सेयर गरेको भिडियोमा आधारित)

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested