English

भोलि आइतबार सार्वजनिक बिदा



मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदाको दिएको छ । फागुन १ गते मनाइने जनयुद्धको अवसरमा मधेश सरकारले आइतबार प्रदेशभरी सार्वजनिक बिदाको घोषणा गरेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।

यसबीच, जनयुद्धको दिवसको अवसरमा प्रदेश सरकारले आइतबार एक भव्य कार्यक्रमबीच माओवादी जनयुद्धमा मधेश प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई राहत स्वरूप तत्काल १ लाख नगद दिने निर्णयसमेत गरेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेका मधेशी सहिद प्रतिष्ठानले पहिलो चरणमा जनयुद्धका सहिद तथा ज्यान गुमाएका परिवारलाई १ लाख दिने निर्णय गरिएको मन्त्री साहले बताए । आइतबार प्रदेश सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested