English

श्रीलंकाविरुद्धको टी-२० शृंखलामा अष्ट्रेलिया विजयी



श्रीलंकाविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया डिएलएस पद्धतिका आधारमा २० रनले विजयी भएको छ । शुक्रबार सिड्नी क्रिकेट रंगशालामा श्रीलंकाले सुरुमा १४९ रनको लक्ष्य पाएको थियो ।

तर, १४.५ ओभरमा ८९ रन बनाएर खेलिरहँदा पानी परेपछि श्रीलंकाले डिएलएस पदद्धितमा १९ ओभरमा १४३ रनको लक्ष्य पाएको थियो । यद्यपि, पुनः निर्धारित १९ ओभरमा श्रीलंकाले आठ विकेट गुमाएर १२२ रनमात्र जोड्न सक्यो ।

श्रीलंकाका ओपनर पथुम निसाङ्काले सर्वाधिक ३६ रन बनाए । यसबाहेक दीनेश चन्डिमलले २५, चरिथ असलङ्काले १६ र वनिन्दु हसरंगाले १३ रन जोडे । यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो ।

अस्ट्रेलियाका बेन म्याकडेरमोटले अर्धशतकीय इनिङ खेले । म्याकडेरमोटले ४१ बलमा दुई चौका र तीन छक्कासहित ५३ रन बनाए यस्तै मार्कुस स्टोइनिसले ३० रन जोड्दा जोस इङ्लिसले २३ रन बनाए ।

श्रीलंकाका वनिन्दु हसरंगाले तीन विकेट लिए । यस्तै, दुस्मान्था चमिरा, बिनारा फर्नान्डो र चमिका करुणारत्नेले समान दुई विकेट हात पारे ।
श्रीलंका पाँच टी-२० क्रिकेट शृंखलाको लागि अस्ट्रेलिया भ्रमणमा आएको हो ।

यो पनि
दोस्रो जितको खोजिमा नेपाली टिम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested