English

शौका समुदायको अनौठो परम्परा



दार्चुलामा मात्रै बसोबास रहेको शौका समुदायले बिहीबार नयाँ वर्ष मनाउँदैछ छ । व्यास गाउँपालिका-१ छाङरुको शौका समुदायले बिहीबार गबला पर्व मनाइरहेको व्यास गाउँपालिका-१ का वडाध्यक्ष अशोक सिंह बोहराले बताए । शौका समुदायले नयाँ वर्ष आवागमनको रूपमा गबला पर्व मनाउने गरेको छ ।

दार्चुलाको व्यास गाउँपालिका-१ तिंकर र छाङ रु, वडा नम्बर-२ को पार्ला, दुम्लीङ तथा अपी हिमाल गाउँपालिका-६ सीतोलामा शौका समुदायले बसोबास गर्छन् । सासंकृतिक रूपमा धनी शौका समुदायको छुटै बोली र भेसभुसा रहेको छ ।

गबला पर्व मनाएपश्चात् मात्रै विवाह, व्रतबन्ध जस्ता शुभकार्य गर्ने परम्परा रहेको छ । गबला पर्व मनाउनु पूर्व साइत जुराएर ‘धच्र्यु चुमो’ गर्ने परम्परा रहेको छ । शौका समुदायको भाषामा धच्र्यू चुमो भनेको बाँसको लिंगोमा ध्वाजा लगाएर घरघरमा ठड्याउने गरिन्छ ।

शौका समुदायभित्र पनि अन्य शौका समुदायले फरक-फरक तिथिमा गबला पर्व मनाउने गरेका छन् । गबला पर्व मनाउने तिथि अनुसार शौका समुदायले आफ्नो नयाँ वर्ष मनाउँछन् ।

छाङरुमा रहेको शौका समुदायले माघ शुक्ल नवमी तिथि तिंकरमा रहेको शौका समुदायले पुस पूर्णिमा तिथि र सितो लामा रहेको शौका समुदायले माघ शुक्ल पञ्चमीका दिन गबला पर्व मनाउने गरेको वडाध्यक्ष बोहराले बताए ।

शौका समुदायको भेसभुषा, खानपिन, रहनसहन, धार्मिक संस्कार भने एउटै छ । गबला पर्वमा यी तीनवटै समुदायले प्राकृतिक देवताको पूजा गर्छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested