English

ए डिभिजन लिग : शुक्रबारदेखि हुने दशौं चरणको खेलमा कुन क्लब कोसँग ?



अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौं चरणको खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछ । यसअघि नवौं चरणमा एक खेल बाँकी राख्दै एन्फाले लिगलाई विश्राम दिएको थियो र राष्ट्रिय टोलीले पहिलोे अफ्रिकन प्रतिद्वन्द्वी मौरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

बुधबार नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेलसँगै नवौं चरण सक्काएको एन्फाले दशौं चरणका खेल खेलाउन लागेको हो । यस चरणमा अन्य झै कुल सात खेल हुनेछन् । एक खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ भने ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यो चरण जम्मा तीन दिनको हुनेछ ।

शुक्रबार दुई खेल हुनेछ । पहिलो खेलमा रेलिगेसन जोनमा रहेको फ्रेन्डसले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्नेछ । यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लबको चुनौती पेस गर्नेछ । खेल दशरथ रंगशालामा क्रमशः १ बजे र साँझ पौने ५ बजे सुरु हुनेछ ।

यस्तै शनिबार तीन खेल हुनेछन् । एक खेल एन्फामा हुँदा दुई खेल दशरथ रंगशालामा हुनेछ । नेपाल पुलिस क्लब र सातदोबाटो एन्फामा १ बजे भिड्दा लिग लिडर मछिन्द्र फुटबल क्लबले सोही समयमा च्यासल युथ क्लबको दशरथ रंगशालामा सामना गर्नेछ । साँझ पौने ५ बजे त्रिपुरेश्वरमै हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दशौं चरणको अन्तिम दिन तथा आइतबार दुई खेल हुनेछन् । दुबै खेल दशरथ रंगशालामा हुँदा १ बजे दिउँसो न्युरोड टिम एनआरटीले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । यस्तै साँझ पौने ५ बजे हुने खेलमा एपीएफ फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगमा २३ अंकसहित मछिन्द्र शीर्षस्थानमा छ । १९ अंकको मनाङ दोस्रो स्थानमा रहँदा आर्मी १७ अंकसहित तेस्रो स्थानमा छ । यस्तै थ्रीस्टारको १६, संकटा १४, एनआरटी १३, सातदोबाटो १२, हिमालयन ११, एपीएफ १०, पुलिस १०, जावलाखेल ८, बीबीसी ६, च्यासल ५ र फ्रेन्ड्स ३ अंकसहित क्रमशः चौथो देखि १४औं स्थानमा छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested