English

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलक्षित ‘औद्योगिक हब’ बन्दै गनापुर



औद्योगिक क्षेत्रका लागि बाँके परिचित जिल्ला हाे । बाँकेका शहरहरूमा थुप्रै उद्योग स्थापित छन् । तर, अहिले शहरमा मात्र उद्योग सीमित नभई ग्रामीण क्षेत्रमा समेत उद्योगहरू सञ्चालनमा आउन थालेका छन् ।

बाँकेको जानकी गाउँपालिकामा मात्रै अहिले ६३ उद्योग खुलिसकेकाे छ । सुरूमा ३० उद्योग मात्र सञ्चालनमा रहेको बेला सो क्षेत्रमा भने सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग स्थापना भएका हुन् ।


बाँकेको जानकी गाउँपालिकाको गनापुर क्षेत्र औद्योगिक नगरीका रूपमा विकास भएको छ । पछिल्लो समय जानकी–६ स्थित गनापुरमा ६३ उद्योग स्थापना भएका छन् ।

सुरूमा ३० उद्योग मात्र सञ्चालनमा रहेको बेला सो क्षेत्रमा भने सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग स्थापना भएका हुन् ।

पछिल्लो समय नयाँ–नयाँ उद्योग थपिने क्रममा रहेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन् । गाउँपालिकाले उद्योगमैत्री नीति अपनाउँदै गनापुर क्षेत्रलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने उनले बताइन् ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग खोल्नका लागि आवश्यक पर्ने जग्गाको अभाव छ । पाइहाले पनि महङ्गो पर्ने गर्दछ । यसको विकल्पमा उपमहानगरपालिकासँगै जोडिएको र राजमार्गको छेउमै रहेको जानकी गाउँपालिकामा पर्याप्त जग्गा सुलभ मूल्यमा पाउन सहज छ, त्यसैले बाँकेमा उद्योग खोल्दा सबैको नजर जानकी गाउँपालिकामै पर्ने गरेको छ ।’

सो क्षेत्र नेपालगञ्ज–कोहलपुर सडकखण्डसँगै जोडिएको छ । गनापुरदेखि पश्चिम जाने बाटोमा लहरै उद्योग स्थापना भएका छन् । गनापुरमा सञ्चालनमा आएका उद्योगलाई मध्यनजर गर्दै गाउँपालिकाले सडकलगायतका पूर्वाधार निर्माणमा ध्यान दिएको छ ।

सो क्षेत्र नेपालगञ्ज–कोहलपुर सडकखण्डसँगै जोडिएको छ । गनापुरदेखि पश्चिम जाने बाटोमा लहरै उद्योग स्थापना भएका छन् । गनापुरमा सञ्चालनमा आएका उद्योगलाई मध्यनजर गर्दै गाउँपालिकाले सडकलगायतका पूर्वाधार निर्माणमा ध्यान दिएको छ ।

उद्योगसम्म पुग्ने सडकलाई विस्तार गर्दै उद्योग सञ्चालनमा आवश्यक सडक र पूर्वाधार निर्माणमा गाउँपालिकाले ध्यान दिएको कार्यवाहक अध्यक्ष धितालले बताए ।

गनापुरबाट गाउँपालिका कार्यालय हुँदै गुलरिया–नेपालगञ्ज जोड्ने सात किलोमिटर सडकलाई विस्तार गरी सात मिटर फराकिलो पक्की सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको उनले बताए ।

जानकी गाउँपालिका नेपाल

बाँकेको जानकी गाउँपालिका–५ मा दैनिक ७०० मेट्रिक टन छड उत्पादन गर्ने गरी अम्बे समूहले अत्याधुनिक जय अम्बे स्टिल्स उद्योग थपेको छ । पश्चिम नेपालमा ठूला जलविद्युत् परियोजना र निर्माण कार्यमा तीव्रता हुने अनुमानसहित अम्बे समूहले बाँकेमा ठूलो लगानीमा स्टिल्स उद्योग सञ्चालन गरेको हो ।

जानकी– ५ का वडाध्यक्ष सुरेश अहिरले राजमार्गमा जोडिएको र नेपालगञ्ज उपमहानगरपालिकाबाट नजिक भएकाले गनापुरमा उद्योग थपिने क्रम बढ्दो रहेको बताए। उनका अनुसार गनापुरमा स्थापना भएका ६३ उद्योगमध्ये ६ वटा बन्द अवस्थामा छन् भने पाँचवटा नयाँ उद्योग सञ्चालनमा आउँदैछन् । अन्य उद्योग सञ्चालनमा छन् । उनले उद्योगलाई सेवा सुविधा दिएर करको दायरामा ल्याएको जानकारी दिए ।

गनापुरमा स्थापना भएका ६३ उद्योगमध्ये ६ वटा बन्द अवस्थामा छन् भने पाँचवटा नयाँ उद्योग सञ्चालनमा आउँदैछन् । अन्य उद्योग सञ्चालनमा छन् । उनले उद्योगलाई सेवा सुविधा दिएर करको दायरामा ल्याएको जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग स्थापना गर्न जमिन नपाइने मात्र नभई महङ्गो पर्ने भएकाले अधिकांश उद्योगीको नजर जानकी गाउँपालिकामा पर्ने गरेको छ ।

नेपालगञ्जमा उद्योग सञ्चालन गर्दा सहर दुर्गन्धित हुने भएकाले पनि उद्योगीले जानकी गाउँपालिकालाई रोज्ने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताए ।

उनले जानकी गाउँपालिकामा उद्योग सञ्चालन गर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान पठाउन सजिलो हुने भएकाले पनि उद्योगी, व्यवसायीले जानकी गाउँपालिकाको गनापुरलाई रोज्ने गरेको उल्लेख गरे ।

यो पनि…
पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले बनायो म्युजिक भिडियो
पर्यटकीय गन्तव्यको केन्द्र बन्यो रौतापोखरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,