English

आज खेलकुदसम्बन्धी के कस्ता गतिविधि भए ?



दक्षिण कोरिया पहिलो पटक एसिया कपको फाइनलमा

फिलिपिन्सलाई २-० गोल अन्तरले पराजित गर्दै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप-२०२२ को फाइनलमा प्रवेश गरेको छ।

बिहीबार मुम्बईमा भएको खेलमा दक्षिण कोरियालाई जिताउन चो सो ह्युन र सन ह्वा येओनले एक-एक गोल गरे।

पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्स भने कोरियाविरुद्ध फिक्का रह्यो। अब, उपाधिका लागि कोरियाले चीन र जापानबीचको विजेतासँग खेल्नेछ।

मौरिसस फुटबल टिमको सम्मानमा रात्रिभोज

मैत्रीपूर्ण खेलका लागि नेपाल आएको अफ्रिकी मुलुक मौरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रीभोज आयोजना गरिएको थियो।

नेपाल-मौरिसस बिजनेस काउन्सिलले मौरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रिभोजका साथै सम्मान गरेको हो। कार्यक्रममा नेपालका लागि मौरिससका महावाणिज्यदूत गणेश कार्कीसमेत थिए।

महावाणिज्यदूत कार्कीले नेपालमा मौरिसस फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै खुसी लागेको भन्दै यस कार्यले नेपाल-मौरिससबीच मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने र दुई देशबीच खेल, पर्यटन र भाईचारा विकास हुने बताए।

उनले विश्वनै कोभिड महामारीमा रहेको बेला देखाएको सद्भाव अविस्मरणीय रहने पनि बताए। आगामी दिनमा पनि कोभिडको स्वास्थ्य मापदण्ड अपनाएर दुई देशबीचको पर्यटनलगायत क्षेत्रको विकास गर्न सफल हुने विश्वास व्यक्त गरे।

राखेप सदस्यसचिव विवाद अन्त्यको माग गर्दै विरोध र्‍याली

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले राखेप सदस्यसचिव विवाद अन्त्यको माग गर्दै बिहीबार विरोध र्‍याली निकालेका छन्। उनीहरूले युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतको ध्यानाकर्षण गर्दै विरोध र्‍याली निकालेका हुन्।

राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, ओलम्पिनहरूले राखेप प्राङ्गणबाट निकालेको र्‍याली दशरथ रङ्गशालाको मुलगेटमा पुगेर समापन भएको थियो।

राष्ट्रिय खेलकुद परिषद्मा सदस्यसचिव नियुक्तिसम्बन्धी विवादको मुद्दा लामो समयदेखि सर्वोच्चमा विचाराधीन छ। जसका कारण खेलकुदका सम्पूर्ण गतिविधि ठप्प बनेको छ। कर्मचारीहरूले दुई महिनादेखि तलब पाएका छैनन्। खेलकुद गतिविधि ठप्प भएको छ।

एन्फा कार्यसमिति बैठक

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठक सकिएको छ। बिहान साठे ११ बजे एन्फा मुख्यालय सातदोबाटोमा सुरु हुने भनिए पनि बैठक ढिला गरि बसेको थियो।

कार्यसमितको बैठकमा उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानविनको प्रतिवेदन बुझाएका थिए।

प्रतिवेदन बुझेका महासचिव इन्द्रमान तुलाधर भने केहि दिनमा बुझेर निलम्बन गर्ने आश्वासन दिएका थिए। यस्तै निर्वाचन निर्देशिका समेत पास गरिएको छ।

यस्तै नेपाल सुपर लिग (एनएसएल) को विषय र सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत नेपाल पुलिस र मछिन्द फुटबल क्लबबीच खेलमा लिष्टमा नभएको खेलाडी राखिएको विषयको छानविन प्रतिवेदन भने प्रस्तुत नै भएनन्।

यो पनि

खेलकुदका यी तीन समाचार



...
mexican pharmacies shipping to usa

online pharmacies canada

...
best internet pharmacies

pharmacy prices compare

...
meds without a doctor s prescription canada

safe online pharmacies https://canadianpharmacystar.com/ meds without a doctor s prescription canada

...
best mail order pharmacies

order prescriptions

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested