English

नगरपालिकाको बेवास्थाले अटो भिलेज अलपत्र



भैरहवामा सिद्धार्थ अटो भिलेज सञ्चालनका लागि लागि सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । सिद्धार्थनगर नगरपालिकाले नगरलाई सफा, सुन्दर र पर्यटकीय नगर बनाउने अवधारणा अन्तर्गत वडा नम्बर ९ गोनहियामा अटो भिलेज सञ्चालनका लागि २०७० सालमै श्रमिकहरूसँग सम्झौता गरे पनि अझैसम्म कार्यान्वयन गर्न नसकेको हो ।

आठ वर्ष बितिसक्दा समेत अटो भिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले कुनै चासो नदेखाएको सरोकारवालाहरु बताउँछन् । करिब साढे ३ सय श्रमिकमध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा करिब १४ करोड रुपियाँमा एकै स्थानबाट ग्यारेज सञ्चालनका लागि १० बिघा जग्गा खरिद गरेका थिए ।

नेपाल अटो भिलेजका सचिव दिलबहादुर कुँवरले अटो भिलेजमा बल्ल १५–१६ जना व्यवसायीहरू मात्र आएको बताए । ‘अझैसम्म सम्झौता पूर्ण कार्यान्वयन नहुँदा धेरै व्यवसायीहरू आउन मानिरहेका छैनन्,’ उनले भने । 

करिब साढे ३ सय श्रमिकमध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा करिब १४ करोड रुपियाँमा एकै स्थानबाट ग्यारेज सञ्चालनका लागि १० बिघा जग्गा खरिद गरेका थिए ।

सिद्धार्थ अटो भिलेजका व्यवसायी राजेश धवलले आफूहरुलाई जग्गा खरीद गर्न लगाएर नगरपालिकाले अहिले अलपत्र पारेको बताए । उनले आफूले बैंकबाट ऋण लिएर जग्गा खरीद गरी व्यवसाय सञ्चालन गरेको, तर अहिले नगरपालिकाले अलपत्र पारेको बताए ।

यसमा विद्युत् नभएको बहानामा सञ्चालनमा आउन नसकेको अटो भिलेज अहिले सय केभीए क्षमताको ट्रान्सफर्मर जडान, सडक ग्राभेल, टेलिफोन एवं इन्टरनेट लगायतको सुविधा हुँदा समेत सञ्चालनमा आउन सकेको छैन ।

नेपाल अटोमेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह थारुले नगरपालिकाले १३ वटै वडा कार्यालयमा अन्यत्र अटो भिलेज सञ्चालन गरिरहेका व्यवसायीहरुलाई सञ्चालन गर्न नदिई भिलेजमै पठाउन पत्र पठाएको, तर कार्यान्वयन नभएको बताए । उनले अटो भिलेजका लागि सबै संरचना तयार भए पनि व्यवसाय सञ्चालन नहुने डरले व्यवसायीहरू आउन नमानेको बताए । 

यो पनि
देशको सपना हुँदैछ साकार
पर्यटन प्रवर्द्धन गर्न लुम्बिनीका होटलमा विभिन्न अफर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested