English

खेलकुदका यी तीन समाचार



एन्फा कार्यसमिति बैठक आज

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक जुममार्फत आज बिहीबार बस्दैछ। एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति सदस्यलाई मेल गर्दै साढे ११ बजेलाई जुम बैठक आह्वान गरेका हुन्।

जुम बैठकमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानबिनको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

‘हामी समितिका सदस्य बसेर आज प्रतिवेदन तयार पारेका छौं । म मेरो प्रतिवेदन प्रस्तुत गर्छु,’छानबिन समितिका संयोजक खड्काले भने। यस अघि समितिले लिग निर्देशक सञ्जीव मिश्र र जनरल कोर्डिनेटर तथा म्याच कमिसनरको भूमिका निर्वाह गरिरहेका लिग कमिटी सदस्य गौरीमान राईसँग पनि बयान लिइएको थियो।

यस्तै बयानका लागि बोलाइएका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र शाह भने बयानका लागि उपस्थित भएनन्। शाहले हवाई टिकटको मुल्य बढाएर भुक्तानी गरेको एउटा आरोप छ भने अर्को पेस्की फर्स्यौटको।

सहिद स्मारक ‘सी’ डिभिजनका लागि गौरीमान राईले लिएको एक लाख ३० हजार रुपैयाँमध्ये खर्च भएको ९५ हजार रुपैयाँको बिलसहित बाँकी ३५ हजार रुपैयाँ नगद बुझाएर पेस्की फर्स्यौट गरेका थिए। राईले पेस्की फर्स्यौट प्रक्रियामा निर्देशक मिश्रले सिफारिस गरेर वित्तीय निर्देशक शाहलाई बुझाएका थिए।

त्यहीअनुसार राईको पेस्की फर्स्यौट भएको थियो। तर,वित्तीय निर्देशक शाहले राईबाट आएको नगद एन्फाको खातामा दाखिला नगरी दुरुपयोग गरेको आरोप छ। पुस २२ गते बसेको एन्फा कार्यसमिति बैठकबाट उपाध्यक्ष खड्कालाई छानबिनको जिम्मा दिइएको थियो।

यसअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति सदस्यलाई मेल गर्दै साढे ११ बजेलाई जुम बैठक आह्वान गरेका हुन्। यद्यपि, तीन उपाध्यक्षसहित सात सदस्यले विरोध गरेपछि एन्फाले भौतिक रूपमै बैठक गर्ने भएको हो।

खप्तड गोल्डकप फागुन तेस्रो साताबाट

सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौँ संस्करण फागुन तेस्रो साताबाट सुरु हुने भएको छ। आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी समेत सुरु गरिएको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सरकारले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने भएपछि यसवर्ष प्रतियोगिताको नामकरण ‘मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ गरिएको छ।

दुई विदेशीसहित १० टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए।

धनगढी रंगशालामा हुने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई २०-२० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १०–१० हजार पुरस्कार प्रदान गरिनेछ।

फिफा र एन्फाको नियमअनुसार हुने प्रतियोगिता आयोजनामा एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगितालाई दैनिक पाँच हजार दर्शकले प्रत्यक्ष तथा ५० लाख बढीले अप्रत्यक्ष रूपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दाबी गरेको छ। गतवर्षको उपाधि आयोजक सुदूरपश्चिम एघारले जितेको थियो भने थ्रीस्टार क्लब उपविजेता रहेको थियो।

अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल

बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३-१ गोल अन्तरले हराएको हो।

साडियो माने, इड्रीशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसँगै तेस्रो पटक फाइनल यात्रा तय गरेको हो। अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested