English

होलीको मौलिक परिकार : तराई र पहाडमा फरक- फरक



रङको पर्व होली नमनाउने र मन नपराउने कमै होलान् । वर्षमा एकदिन रङको प्रयोग गरी मनाइने यो पर्व ठाउँअनुसार भिन्न–भिन्नै तरिकाले मनाइन्छ । होलीमा खाना पनि आफ्नै तौर–तरिकाले पकाएर खाने चलन छ ।

मिथिला समुदायमा होलीमा खासगरी मालपुवा पकाएर खाने चलन रहेको धर्मदेव यादव बताउँछन् । मिथिला समुदायमा साथीभाईसंग रमाइलो गर्न होलीमा विभिन्न थरी परिकार खाइन्छ तर प्रसादको रूपमा मालपुवा खाइन्छ । रामले रावणलाई वध गरेर आएपछि सत्यको जित भएको भन्दै रङ लगाएर खुशीयालीमा रङ,अविर लगाएर होली मनाइने किम्वदन्ती मिथिला समुदायमा रहेको धर्मदेव यादव बताउँछन् ।

यसैगरी डंगौरा थारू समुदायमा होलीको अघिल्लो दिन सुँगुर मारिन्छ, जसलाई ‘जिता मार्न’ भनिन्छ । जिता मारेर गाउँ भरीका मान्छेले मासु बाँडेर खाने चलन रहेको बताउँछन् थारू नागरिक समाजका अध्यक्ष दिलबहादुर चौधरी ।

यसैगरी पहाडी समुदायमा होलीको दिन आफ्नो घरपरिवार, साथीभाईसंग रङ,अविर लगाएर एकअर्कासंग खुसियाली साटासाट गरिन्छ । यो दिन खानामा खसीको मासु, रोटीको परिकार वा आफ्नो ईच्छा लागेको अन्य खाने परिकार पकाएर खाने चलन रहेको त्रिचन्द्र क्याम्पसका प्राध्यापक दैलेखका डा. मधुसुदन गिरी बताउँछन् ।

होलीको दिन समूह–समूह बनाएर गाउँको एक–एक घर गएर होलीको गीत ढमार गाउँदै, नाच्दै होली मनाइन्छ ।

यसैगरी राना थारू समुदायले होलीमा सुँगुरको मासु, माछा र रोटी लगायत खाने परिकार खाइने लक्ष्मण राना बताउँछन् । होली विशेषको खानालाई ‘हाटकना’ भनिन्छ । उनका अनुसार पहिले यसरी आफ्ना ईष्टमित्रलाई बोलाएर महिना दिन होली खेल्दै खाना खाने चलन थियो । तर, केही वर्ष यता होली मनाउने चलन साँगुरिदै गएको छ ।

यसैगरी डंगौरा थारू समुदायमा होलीको अघिल्लो दिन सुँगुर मारिन्छ, जसलाई ‘जिता मार्न’ भनिन्छ । जिता मारेर गाउँ भरीका मान्छेले मासु बाँडेर खाने चलन रहेको बताउँछन् । थारू नागरिक समाजका अध्यक्ष दिलबहादुर चौधरी ।

उनका अनुसार होलीको दिन समूह–समूह बनाएर गाउँको एक–एक घर गएर होलीको गीत ढमार गाउँदै, नाच्दै होली मनाइन्छ । होलीमा मालपुवाझैं बरिया परिकार अनिवार्य पकाइन्छ । बरिया मिठाइ हालेको र सादा गरी दुई प्रकारको हुन्छ । होली खेल्न गएकालाई रक्सी, ढिक्री र सिढ्रा (सुकाएको माछा) लगायत परिकार खान दिइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

इटहरी/ कोशी प्रदेशका बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना भइरहेको प्रदेशस्तरीय वृहत बाल सौन्दर्य

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

Latest










Popular
Suggested