वर्षौंदेखि दर्जनौं विद्यालय भवन निर्माण अलपत्र, अख्तियारमा उजुरी
खोटाङका दर्जनौं विद्यालयका भवन निर्माणको काम वर्षौंदेखि अलपत्र परेको छ। आर्थिक वर्ष २०६९/०७० देखि आर्थिक वर्ष २०७२/०७३ को बीचमा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत विनियोजित बजेटबाट निर्माण सुरु गरिएको विद्यालयको भवन अलपत्र परेको हो।
अनियमितता, विद्यालय व्यवस्थापन समिति र विद्यालयभित्रको आन्तरिक द्वन्द्व, अख्तियारमा परेको उजुरी लगायतका कारण चार कोठ, ६ कोठे र आठ कोठे भवन निर्माणको काम अलपत्र परेको शिक्षा विकास तथा समन्वय ईकाई खोटाङले जनाएको छ।
दुई वर्षमा पूरा गर्नेगरी आर्थिक वर्ष २०७१/०७२ मा विनियोजित २४ लाखमा निर्माण सुरु गरिएको लक्ष्मी मावि बडहरेको चार कोठे भवन अलपत्र छ। फाउण्डेसन उठाएर टाई बिमसम्मको काम गरिए तर स्टीमेटविपरीत काम भएपछि सो भवनको काम हालसम्म अलपत्र छ।
भवन निर्माणका लागि ल्याइएका सिमेन्ट, इँटा, बालुवा लगायतका निर्माण सामग्री असरल्ल अवस्थामा रहेको शिक्षा विकास तथा समन्वय ईकाई खोटाङका प्रमुख सेमन्त गौतमले बताए। आर्थिक वर्ष ७०/७१ मा विनियोजित २४ लाखमा निर्माण सुरु गरिएको जनता मावि बतासेको चार कोठे भवनको काम हालसम्म अलपत्र छ।
भवन निर्माणका लागि सबै भुक्तानी लगिसकेको भए पनि भवनको पहिलो तला ढलान गरेर दोस्रो तला निर्माणकै क्रममा अलपत्र बन्न पुगेको हो। सोही भवनको काम अलपत्र पारेका कारण तत्कालीन प्रअले अवकाश पाएको वर्षौँ वित्दा समेत पेन्सन लिने बाटो खुलाउन सकेका छैनन्।
जनता माविको भवन निर्माणमा भएको ढिलासुस्ती र अनियमितताविरुद्ध अख्तियारमा उजुरी परेको छ। आर्थिक वर्ष ७२/७३ मा विनियोजित २४ लाखमा निर्माण सुरु गरिएको याङसोला मावि छोरम्बुको पहिलो तला ढलान नहुँदै भवन निर्माणको काम अलपत्र परेको छ। हाल सो भवनको बाँकी काम पूरा गर्न विद्यालयले अग्रसरता देखाएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख गौतमले बताए।
खोटाङका दर्जनौं विद्यालयका भवन निर्माणको काम वर्षौंदेखि अलपत्र परेको छ।
आर्थिक वर्ष ६९/७० मा विनियोजित २४ लाखमा दुर्छिम मावि दुर्छिमको चार कोठे भवन निर्माण गरियो। तर, अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि सो भवनको फिनिसिङदेखि फरफराकको काम हालसम्म अड्किएको छ। फिनिसिङ नहुँदै अलपत्र परेको सो भवन प्रयोगमा भने ल्याइसकिएको छ।
आर्थिक वर्ष ७१/७२ मा विनियोजित २४ लाखमा च्यास्मीटार माविको चार कोठे भवन ठड्याइयो तर फिनिसिङको काम नहुँदै अख्तियारमा उजुरी परेपछि सो भवनको फरफारक अघि बढ्न नसकेको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ। यद्यपी, सो भवन प्रयोगमा आइसकेको छ।
आर्थिक वर्ष ७२/७३ मा विनियोजित ६० लाखमा निर्माण सुरु गरिएको गंगोद्वय मावि दुबेकोलको आठ कोठे भवन निर्माणको काम अन्तिम चरणमा पुगेर अलपत्र परेको छ। विद्यालय भवनको संरचना तयार भएपनि फिनिसिङको काम बाँकी रहेको गौतमले बताए। आर्थिक वर्ष ७२/७३ मा विनियोजित ६० लाखमा निर्माण सुरु गरिएको सप्तकन्य मावि चिप्रिङको आठ कोठे भवन फिनिसिङ नहुँदै अलपत्र छ।
विद्यालयको भवन निर्माणकै क्रममा स्थानीय सरकार कार्यान्वयनमा आए। तर, स्थानीय सरकारले त्योभन्दा अघि सुरु भएका योजनाको प्राविधिक मूल्यांकनमा अग्रसरता नदेखाउँदा पनि भवनको फरफारख हुन नसकेको विद्यालयले जनाएको छ।
हाल सो भवनको बाँकी काम पुरा गर्न विद्यालय परिवार तातेको जनाइएको छ। आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित ६० लाखमा कालिका मावि बाकाचोलको आठ कोठे भवन निर्माण गरिए तर अख्तियारमा उजुरी परेकाले सो भवन छानविनकै क्रममा रहेको छ। आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित ४८ लाखमा भगवती मावि खोटाङबजारको छ कोठे भवन निर्माण गरियो तर अनियमितताको आशंकामा अख्तियारमा उजुरी परेको छ।
अख्तियारले उजुरीको किनारा नलगाए पनि सो भवन भने सञ्चालनमा ल्याइसकिएको छ। १९ लाख ५० हजारमा सरस्वती मावि छितापोखरीको तीन कोठे भवन बनाइएको थियो तर अख्तियारमा उजुरी परेकाले फरफराककै काम हालसम्म अड्किएको जनाइएको छ। कतिपय विद्यालयको भवन निर्माणको काम पुरा भएपनि अख्तियारमा परेको उजुरीको किनारा लाग्न नसक्दा फरफराक रोकिएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख गौतमले बताए।
अर्कातर्फ कतिपय विद्यालयको भवन निर्माणकै क्रममा स्थानीय सरकार कार्यान्वयनमा आए। तर, स्थानीय सरकारले त्योभन्दा अघि सुरु भएका योजनाको प्राविधिक मूल्यांकनमा अग्रसरता नदेखाउँदा पनि भवनको फरफारख हुन नसकेको विद्यालयले जनाएको छ।
यो पनि










Monte
If you are going for most excellent contents like myself, only pay a visit this web site all the time because it gives feature contents, thanks Feel free to visit my site 온라인 카지노