English

बेडसिट किन्दा यी कुरामा ध्यान दिनुहोस्



कोठा तपाईंको व्यक्तित्वको दर्पण हो । पाहुना आउँदा होस् या अनलाइन कक्षाको लागि, त्यतिबेला आफ्नो बेडरुमको लुक अझ महत्वपूर्ण हुन्छ ।

अधिकांश इन्टरनेटका कामहरू हामीले घरबाटै गरिरहेका छौँ । त्यसैले, तपाईं आफ्नो घरको लुक परिवर्तन गर्न जरुरी हुन्छ ।

आफू बस्ने कोठा सजाउनका लागि सही बेडसिट छान्नुहोस्, जसले गर्दा तपाईंको कोठाको लुक बदलिन्छ ।

बेडसिटको रंग छान्नुहोस्

यदि, तपाईं चम्किलो रंगको प्रशंसक हुनुहुन्छ भने रंगीन बेडसिट छान्नुहोस् । यसले तपाईंको कोठालाई सुन्दर रंगले भरिनेछ ।

यदि, तपाईंलाई हल्का रंग मनपर्छ भने तपाईं गुलाबी, निलो, हरियो र खैरो रंगको बेडसिटहरू छनोट गर्नुहोस् । यसले कोठालाई शितलतासँगै आराम दिनेछ ।

सादा बेडसिट रोज्नुहोस्

बेडसिटमा हाम्रो कपाल र छालाको सम्पर्क रहन्छ । सादा र सिल्क बेडसिटले विलासी लुक पनि दिन्छ । यसैगरी, सादा कपासको ओछ्यानले सुख र आरामदायी प्रभाव हुन्छ ।

गुणस्तरमा ध्यान दिनुहोस्

जसरी हामी अन्य सामान किनमेल गर्दा राम्रो गुणस्तरको चिजहरू किन्छौँ । त्यसैगरी, बेडसित किन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ ।

बेडसिटको गुणस्तर भनेको धागोमा निर्भर रहन्छ । थ्रेड काउन्ट जति उच्च हुन्छ बेडसिटको गुणस्तर त्यति नै राम्रो हुन्छ । एक सय ८० भन्दा बढी भएका थ्रेड काउन्ट भएका बेडसिटहरू किन्नु लाभदायक हुन्छ । यसबाहेक फिनिसिङ र बुनाइमा पनि ध्यान दिनु जरुरी छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested