English

मधेसको कर्णाली कथा



महोत्तरीको भाङग्रे, झ्याउरेकी सन्तमाया तामाङलाई नजिकैको बजारसम्म जान पनि दुई घण्टा लाग्छ। बजारमा केही किन्न जानुपर्‍यो भने उनको जाँदा आउँदा कम्तीमा पनि चार घण्टा खर्च हुन्छ। मधेसमा घर भए पनि सन्तमायाका लागि यो ठाउँ निकै दुर्गम छ। उनी मात्रै होइन भाङग्रे, झ्याउरे, छोडके, चनौटे, गदीर्, काली खोला, पिपलदहलगायतका बासिन्दाहरू किनमेल गर्न बजार जाँदा सिंगो दिन माया मार्छन।

यति मात्रै होइन सबै जना बजार जान नभ्याउने हुँदा बजार जाने मान्छेले घरघरमा पुगेर के ल्याउनु पर्छ भनेर सोध्ने गर्छन। बजार जाँदा पनि छिमेकीहरू मिलेर सँगै बजार जान्छन्। चारैतिर चुरे पहाडले घेरिएको यो ठाउँसम्म आवतजावत गर्ने मोटरबाटो छैन। वर्षा नहुँदा खोलाबाटै कहिलेकाही ट्रयाक्टरहरू जाने भए पनि अन्य बेला नाका बन्दी जस्तै हुन्छ।

झट्ट सुन्दा मधेसको समथर भू-भागमा पनि यस्तो होला र भनेर आशंका हुनसक्छ। तर, देशकै सुगम नगरपालिका भनेर चिनिने महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १० र ११ का बासिन्दाले अझै पनि आधुनिकताको अनुहारसमेत देखेका छैनन्।

अचानक कोही बिरामी परे उद्धार गर्न समेत नसकिने स्थानीयको भनाइ छ। यहाँका कुनै पनि गाउँमा एम्बुलेन्स छैनन् त स्वास्थ्य चौकी नै छन्। विकट कर्णाली भनेर चिनिने यी गाउँहरूमा चट्टान र चुरेको कारणले वैकल्पिक सडक बनाउन समेत निक्कै कठिन छ।

गाउँको बीचमा एउटा विद्यालय छ। लक्ष्मी भाङग्रे, झ्याउरे माध्यामिक विद्यालय नामको यो विद्यालयमा दुई सय जना बालबालिका अध्यनरत छन्। तर, खोलाको बाटो हुँदै आवतजावत गर्नुपर्ने हुँदा वर्षायामको दुई महिना विद्यालमा विद्यार्थी नै भेटिदैनन्। विद्यार्थी मात्र हैनन् आवतजावतको समस्याले शिक्षकहरू समेत नियमित विद्ययालय पुग्न नसक्ने प्रधानअध्यापक तिर्थराज गोले बताउँछन्।

झट्ट सुन्दा मधेसको समथर भू-भागमा पनि यस्तो होला र भनेर आशंका हुनसक्छ। तर, देशकै सुगम नगरपालिका भनेर चिनिने महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १० र ११ का बासिन्दाले अझै पनि आधुनिकताको अनुहारसमेत देखेका छैनन्।

यी गाउँहरू १५ दिन अगाडिसम्म सूचना र सञ्चारबाट समेत बन्चित थिए। केही दिन अघि चुरे पहाडको उच्च ठाउँ चनौटेमा राखिएको नेपाल टेलिकमको टावरले सेवा प्रवाह गर्न थालेपछि सञ्चार सुविधा भने पुगेको हो। ‘शहरमा रहेका छोराछोरीलाई फोन गर्न समेत दुई घण्टा हिडेर बजार जाने गथ्र्यौ, बल्ल मुक्ती पाएका छौं।’ छोड्केका वीरबहादुर लामाले भने।

महोत्तरीका यी गाउँ अन्य गाउँको तुलनामा विकट भए पनि पर्यटकीय सम्भावना भने प्रचुर छ। मधेशभित्रै अव्यवस्थित उच्च पहाडले यहाँ आउन चाहने पर्यटकलाई मनोरन्जन दिनसक्ने सम्भावना छ। चट्टान नै चट्टानको यो पहाडमा पुगेपछि यहाँको हरियाली जंगल र प्राचिन बस्तीहरूले मन प्रफुल्ल हुने बर्दिबास-१ का सुदर्शन काफ्लेले बताए।

यी गाउँहरूलाई तत्कालिन माओवादीहरूले ‘जनयुद्ध’ हुर्काउने र मलजल गर्ने मुख्य थलो बनाएका थिए। भूमिगत माओवादीहरू संगठन विस्तार गर्नेदेखि लिएर पार्टीभित्रका गोप्य छलफल गर्न समेत यी गाउँहरू महत्वपूर्ण बनेको स्थानीय बताउँछन्। अहिले पनि खयरमारा माओवादी गढ नै मानिन्छ। विशेषगरी वडा नम्बर १० र ११ मा पर्ने यी गाउँमा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादीका उम्मेदवारहरू विजयी बनेका थिए।

कुनै पनि गाउँमा एम्बुलेन्स छैनन् त स्वास्थ्य चौकी नै छन्। विकट कर्णाली भनेर चिनिने यी गाउँहरूमा चट्टान र चुरेको कारणले वैकल्पिक सडक बनाउन समेत निक्कै कठिन छ।

गहुँ, मकै, तोरी तथा पशुपालनवाट जिविकोपार्जन गर्दै आएका स्थानीयमा सिंचाइ अभावले धान खेती कमैले मात्र गर्छन। पशुपालन गरे पनि उत्पादन बिक्री नहुँदा समस्या हुने गरेको स्थानीयको भनाइ छ। ‘दूध बेच्नका लागि बजारसम्म लैजान सम्भव छैन, गाउँमा बिक्री हुँदैन,’ स्थानीय युवा इशारा लामाले भनिन्।

यी गाउँहरूमा ९८ प्रतिशत जनजाति मात्र बस्छन्। विशेषगरी लामा, तामाङहरूको बाहुल्यता रहेको छ। अझ अचम्मलाग्दो विषय त के छ भने वर्षायाममा यहाँका बासिन्दा खोलाको वहाव घटबढ भैइरहने हुँदा बजारबाट फर्कने क्रममा जंगलमा नै बास बस्नु पर्ने हुन्छ। ‘खोला कम हुन्छ अनि विहानै घर जाने गर्छौ,’ स्थानीय शान्तिमायाले भनिन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested