English

डडुवा रोगले आलु नष्ट भएपछि किसान चिन्तित



कालीकोटको खाँडाचक्र नगरपालिका-११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ। डडुवा रोगले स्थानीय किसानहरूले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो।

आलुबाट आम्दानी राम्रो हुने भएकाले पुरै गाउँका किसानहरूले आलु लगाएको तर रोग लागेपछि पुरै नष्ट भएको स्थानीय किसान मनसरा शाहीले बताइन्। ‘विगतमा आलुबाट हामीले राम्रै आम्दानी लिने गरेका थियौं’, उनले भनिन्, ‘यो वर्ष के भएर हो खै, गाउँमा लगाएको सबै आलु नष्ट भएको छ।’

नगरपालिकाको कृषि शाखाबाट अनुगमन गर्दा डडुवा रोगबाट आलु नष्ट भएको जानकारी आएको नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए। ‘डडुवाले आलु नष्ट भएका किसानलाई राहत दिइनेछ’, उनले भने।

केही बारीमा रोगले छुन नसके पनि केही बारीमा पुरै नष्ट भएको नगरपालिका कृषि शाखाका प्रमुख भक्तिप्रसाद पाण्डेले जानकारी दिए।

‘हामीले अनुगमन गर्दा रसायनिक विषादी प्रयोग गरेको तर प्राविधिक सरसल्लाहविना प्रयोग गरेको देखिएको हुनाले एकदमै डडुवा रोगको समस्या आएको पायौं’, उनले भने, ‘रोग नियन्त्रण गर्न आवश्यक प्रक्रिया थालेका छौं।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested