English

सुगमको दुर्गम ठाउँ, समस्याका चाङ



इलामको माङ्सेबुङ-४ मार्चेबुङ झापाको दमकदेखि सात किलोमिटरको दूरीमा मात्र छ। दमक विकासका सबै पूर्वाधारले सुगम ठाउँ हो। यसकै छत्रछायाँमा रहेको मार्चेबुङको बेहाल छ। दमक-चिसापानी सडकले यो गाउँ छुन्छ।

लामो समयसम्म बाटो, पुलविना रतुवा खोला तर्दै दैनिकीका लागि दमक जाने उनीहरूको जीवनमा यो सडक बन्दै गर्दा केही परिवर्तन आएको छ। तैपनि सडक पूणर्रूपमा नबन्दा बर्खामा निकै मुश्किल छ, उनीहरूको यात्रा।

दैनिक रोजगारीदेखि उपभोग्य वस्तु र स्वास्थ्य उपचारका लागि दमक नै रोज्नुपर्छ। दमकसँगको सधैं सम्पर्कमा रहिरहने यो गाउँ बत्तीमुनिको अँध्यारो जस्तै छ।

नेपालका धेरै दुर्गममा बिजुली पुगिसक्दा पनि सुगम झापाबाट नजिक रहेको मार्चेबुङ बिजुली नपुग्दा अन्धकार छ। सक्नेले सोलार जोडेका छन्। नसक्ने टुकी कै भरमा अँधेरी काट्दै आएका छन्। देशका संघीयता आएपछि स्थानीय क्षेत्रको विकास भइरहेको छ। तर, यहाँका स्थानीयले संघीयताको सुविधा लिन सकेका छैनन्। घर नजिक सरकार आउँदा पनि अन्धकारमा जीवन कटाइरहेका छन्।

स्थानीय सरकारले पनि पहल नगरेको भने होइन। बारम्बार घचघच्याइरहँदा पनि गाउँमा बिजुली ल्याउन सकेको छैन। ‘हामी त साह्रै गाह्रो ठाउँमा बसेछौँ। अहिलेसम्म पनि बत्ती नआउने पनि हुन्छ र? बाटो बर्खा लागेपछि बन्द हुन्छ। बिजुली छैन,’ माङ्सेबुङ-४ का वडाध्यक्ष अमृतबहादुर राईले भने, ‘बिजुलीका लागि हामी स्थानीय सरकारले मात्र सक्दैनौँ। केन्द्र सरकारलाई बारम्बार भनेका छौँ। तर, कसैले सुनेन। हामी अन्धारमै बस्नुपरेको छ।’

दैनिक रोजगारीदेखि उपभोग्य वस्तु र स्वास्थ्य उपचारका लागि दमक नै रोज्नुपर्छ। दमकसँगको सधैं सम्पर्कमा रहिरहने यो गाउँ बत्तीमुनिको अँध्यारो जस्तै छ।

बिजुली नहुँदा उनीहरू सञ्चारको पहुँचबाट पनि टाढा छन्। हिउँदमा हुस्से लाग्दा सोलारले काम गर्दैन। मोबाइल चार्ज पनि हुँदैन। ‘हिउँदमा कुहिरोले घाम देखिँदैन। घाम नलागेपछि सोलारको बेट्री चार्ज हुँदैन। मोबाइल चार्ज गर्न सकिँदैन,’ स्थानीय धनसिंह राई भन्छन्, ‘हामी त सञ्चारको पहुँचमा पनि हुँदैनौँ। चुरे क्षेत्रमा गरिबको बसोबास हुन्छ त्यही भएर पनि राज्यले ध्यान नदिएको होला।’

सिंगो माङ्सेबुङ-४ मै बिजुली छैन। यहाँ करिब ७०० घर परिवार रहेको गाउँपालिकाले जनाएको छ। सोलार पनि राख्न नसक्ने कतिपय गरिब टुकीकै भरमा रहेको स्थानीय देउकुमार राई बताउँछन्।

‘अहिलेसम्म बिजुली आएको छैन। हुनेले पो सोलार बालेका छन् त! नहुँनेले मट्टितेल बालेका छन्। मट्टितेलको भाउ पनि छुनै नसक्ने भएको छ,’ उनी भन्छन्, ‘हाम्रो तर्फबाट बोलिदिने कोही नभएर होला। सुगम ठाउँको नजिक भएर पनि अन्धकारमा बस्नुपरेको छ।’

देशका संघीयता आएपछि स्थानीय क्षेत्रको विकास भइरहेको छ। तर, यहाँका स्थानीयले संघीयताको सुविधा लिन सकेका छैनन्। घर नजिक सरकार आउँदा पनि अन्धकारमा जीवन कटाइरहेका छन्।

गाउँमा बिजुलीको पोल आएको वर्षौं भयो। तर, अहिलेसम्म बिजुली आएको छैन। बिजुलीको पोल आएपछि स्थानीयलाई केही आस पलाएको थियो। तर, वर्षौँसम्म बिजुली नआएपछि भने निराश छन्।

‘सुरुमा त पोल आउँदा बिजुली नै आएको जस्तो लागेको थियो। तर,पोल आएको वर्षौं भयो। बिजुली आउँदैन,’ राई भन्छन्, ‘बिजुलीका पोल लड्न थालिसके। अब त बिजुली आउने आस पनि छैन।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested