English

राष्ट्रियसभा निर्वाचन अन्तिम मतपरिणाम : एमालेलाई धक्का



बुधबार सम्पन्न राष्ट्रियसभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। १९ सिटमध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन्।यसबाट एमालेलाई नराम्ररी धक्का लागेको बुझ्न सकिन्छ।

प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन्। प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन्। अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका हुन्।

राष्ट्रियसभाको आजको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए। कर्णालीबाट राष्ट्रियसभामा गठबन्धनका तीनजनै उम्मेदवार विजयी भएका छन्।

उनीहरुले एमालेका उम्मेदवारलाई पराजित गरेका हुन्। निर्वाचनमा अन्यतर्फ उदय बोहोरा (एकीकृत समाजवादी), अपांग/आदिवासीतर्फ नरबहादुर विष्ट (माओवादी केन्द्र) र महिलातर्फ दुर्गाकुमारी गुरुङ (कांग्रेस) निर्वाचित भएका हुन्।

गण्डकीबाट गठबन्धनका ३ जना नै उम्मेदवार विजयी भएका छन्। महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन्।

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भए। गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरे र जनमोर्चाको तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन्।

त्यस्तै सुदूरपश्चिममा पनि गठबन्धनका उम्मेदवार विजयी भए। सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भए।

महिलातर्फ नेकपा (एकीकृत समाजवादी) मदन कुमारी शाह (गरिमा), दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन्।

मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित भएका छन्। बाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।दाङको

टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रबार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको सम्झनामा एक बिशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा सर्बोच्च अदालतका