English

नेपालबाट राहत सामग्री बोकेर पहिलोपटक काबुल पुग्यो हिमालय एयरलाइन्स



समाज र राष्ट्रलाई सहयोग पुर्याउने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हिमालय एयरलायन्सले अफगानिस्तानस्थित काबुलमा पहिलो निःशुुल्क कार्गो उडान भरेको छ । नेपाल सरकार, परराष्ट्र मन्त्रालयको अनुरोधमा १.३ करोड बराबरको योगदान पुर्याउँदै अन्दाजी ९ दशमलव ७ टन (९७१५ केजी) राहत सामग्री बोकेर २ माघमा हिमालय काबुलतर्फ उडेको थियो ।

उक्त कार्यका लागि हिमालयको एयरबस 319-115 9N AJK जहाजमा अत्यावश्यकीय राहत सामग्रीहरु औषधि, खाद्यान्न, लत्ता–कपडा, जुत्ता, ब्लाङ्केट थिए । १५ सदस्यीय टोलीमा परराष्ट्र मन्त्रालयका पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चार क्षेत्रका प्रतिनिधि र अवैतनिक वाणिज्य दूतहरु समेत गएका थिए ।

काबुल उडान भर्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले मित्रराष्ट्र अफगानिस्तानलाई आइपरेको मानवीय समस्यामा नेपाली जनताका तर्फबाट सहयोगी हात बढाउनु नेपाल सरकारको नैतिक जिम्मेवारी भएको प्रष्ट पारे । यस पुनित कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उजागर गर्ने समेत उनले विश्वास व्यक्त गरे । साथै, यस खाले महान मानवीय कार्यमा निःशुल्क कार्गो उडानमार्फत सहयोग पुर्याएकोमा हिमालय एयरलाइन्सलाई विशेष धन्यवाद दिए ।

काबुलतर्फ प्रस्थान गर्नुपूर्व हिमालय एयरलायन्सका अध्यक्ष झोउ एन्योङ्गले नेपाल सरकारद्वारा मानवीय सेवा पुर्याउने पवित्र उद्देश्यका साथ यसखाले परोपकारी उडान गर्न अनुरोध भई आउनु वास्तवमा अत्यन्तै ठूलो सम्मानको विषय भएको बताएका छन् ।

सोही क्रममा एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले आफू भौगोलिक सीमा र दूरीको पर्वाह नगरी विपद्मा अफगानी जनताको साथमा उभिन पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै भविष्यमा पनि यस्ता सम्भाव्य मानवीय सहयोग पुर्याउने कार्यमा नेपाल सरकारसँगै तत्पर रहने प्रतिबद्धता दोहोर्याए ।

यो पनि…
विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा
यसकारण हिमालय एयरलाइन्सले पायो आइएसओ प्रमाणिकरण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested