English

३८ सय बढि शिक्षकको बढुवा विज्ञापन बुधबार



शिक्षक सेवा आयोगले भोलि बुधबार शिक्षक पदका लागि बढुवा खुला गर्ने भएको छ। प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम तहका लागि बढुवा खुला हुनेछ। आयोगका अनुसार आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत) तर्फ ८६७ पद संख्या बढुवा खुला गरिँदैछ।

त्यस्तै कार्य सम्पादन मूल्यांक (७५ प्रतिशत) तर्फ दुई हजार ६२२ पद संख्यामा बढुवा खुला हुँदैछ। आयोगका सूचना अधिकारी (उपसचिव) सुदर्शन मरहट्ठाका अनुसार आन्तरिक प्रतियोगितात्मकतर्फ ३० दिनसम्मको म्याद हुने र त्यसपछि दोब्बर दस्तुर बुझाएर थप सात दिनसम्म आवेदन दिन सकिने छ। कार्य सम्पादन मूल्यांकनका लागि ३५ दिने म्याद दिइने छ।

आयोगका अनुसार प्राथमिक द्वितीयका लागि सात सय रूपैयाँ र प्रथमका लागि एक हजार रूपैयाँ, निम्नमाध्यमिक द्वितीयका लागि एक हजार र प्रथम द्वितीयका लागि एक हजार दुई सय रूपैयाँ तथा माध्यमिक द्वितीयका लागि एक हजार दुई सय रूपैयाँ र प्रथमका लागि एक हजार पाँच सय रूपैयाँ शुल्क तोकिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested