English

प्लास्टिक घर बन्यो आम्दानीको बाटो



हुम्लाको ग्रामीण भेगका महिलाले घरसँगै बनाएको प्लास्टिकको घरले तीन वर्षयता आर्थिक रुपमा बलियो बनाइ रहेको छ । बाह्रै महिना तरकारी उत्पादन गर्न सकिने यस्ता प्लास्टिकका घरले उनीहरूलाई आर्थिक रुपमा बलियो मात्रै होइन व्यस्त पनि बनाएको छ ।

प्लाष्टिक घरभित्र हरिया सागपात उत्पादनसँगै तरकारीका बिरुवाहरूसमेत उत्पादन गर्ने गरेको खार्पुनाथ गाउँपालिका छिर्पा गाउँकी अप्सरा हमालले बताइन । प्लास्टिकको घरभित्र उत्पादन भएको साग र अन्य तरकारी गाउँपालिकाको बजार क्षेत्रमा सहजै बिक्री हुने गरेको उनको भनाइ छ । खार्पुनाथ गाउँपालिका–४ को नल्ला र छिप्रा गाउँका ३० घरधुरीले प्लास्टिकको घरमा गोलभेँडा खेतीसहित अन्य तरकारी खेती गरिरहेका छन् । उनीहरूले उत्पादन गरेको तरकारी सिमकोटमा बिक्री गर्दै आएका छन् । अप्सरा हमाल भन्छिन्, ‘एक मूठा साग नै ४० देखि ५० रुपैयाँसम्म बिक्री गरिरहेका छौं ।’ उनले दिनकै ८० देखि सय मुठासम्म साग बिक्री गर्ने गरेको बताइन ।

गुडनेवर्स इन्टरनेश्नलको आर्थिक सहयोग र स्नोल्यान्ड एकीकृत विकास केन्द्रको प्रविधिक सहयोगमा हुम्लाको छिर्पा गाउँमा परम्परागत खेतीको विकल्पमा आधुनिक शैलीमा तरकारी खेती सुरु भएको हो ।

खार्पुनाथ गाउँपालिका–४ का दुई गाउँमा मात्र होइन, छिमेकी गाउँपालिकामा समेत प्लाष्टिक घरमा व्यवसायिक रुपमा तरकारी उत्पादन र बिक्री हुन थालेको छ । घरघरमै प्लाष्टिक घर बनाएर तरकारी खेती गरेपछि तरकारीमा आत्मनिर्भर मात्रै होइन आर्थिक रुपमा पनि सबल भएको उनीहरू बताउँछन् ।

हुम्ला जस्तो अत्याधिक चिसो भेगमा प्लास्टिक घर किसानका लागि वरदान सावित भएको छ । उनीहरूलाई प्लास्टिक घरले स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गरेको छ । सिंचाई सुविधा कम भएका ठाउँमा पनि सजिलै खेती गर्न सकिने भएकाले किसानहरूले थोरै क्षेत्रफलबाटै धेरै आम्दानी लिइरहेका छन् । एक सिजनमै ६० हजार रुपैयाँसम्म कमाइ गरेको सिमकोट गाउँपालिका–२ ठेहेका कर्ण बोहराले बताए । तरकारी बिक्रीबाटै घरको नुन, तेल, साबुन पुर्याउनुका साथै बालबालिकालाई स्टेशनरीका सामग्री किन्न सहयोग पुगेको उनले बताए ।

हुम्लाका किसानहरूलाई प्लास्टिकको घरले सबल बनाइरहेको बताउँछन् स्नोल्याण्ड एकीकृत विकास केन्द्रका कृषि जेटिए जंग शाही । किसानहरूका लागि परम्परागत खेतीको विकल्प बनिरहेको उनको भनाइ छ । किसानहरूलाई बेमैसमी तरकारी खेतीमा यसले निकै सहयोग गरेको उनी बताउँछन् ।

ययो पनि…
थारू महिलाको आम्दानी : हस्तकलाका सामग्री
खुदोको पहिचान फर्काउन जुर्मुराए स्थानीय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

नेपाल सरकारले सोमबार चितवन राष्ट्रिय निकुञ्जमा आयोजित उद्घाटन समारोहमार्फत पाँचौ राष्ट्रिय बाघ सर्वेक्षण औपचारिक रूपमा सुरु गरेको छ। सर्वेक्षण चितवन–पर्सा

Latest










Popular
Suggested