English

जाडो अझै बढ्ने



जल तथा मौसम विज्ञान विभागले देशभर बढेको जाडो अझै केही दिन बढ्ने बताएको छ। विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरि नै आंशिकदेखि सामान्य बदली हुने र पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज मंगलबार पनि उपत्यकालगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने र हल्का वर्षासमेत हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना छ।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात हुन सक्ने भएकाले देशभर नै चिसो अझै बढ्ने क्रममा रहको छ।

त्यसै गरी देशको पश्चिमी तराई तथा मध्य र पूर्वी भूभागका केही स्थानमा हुस्सु कुहिरो लाग्ने क्रम पनि अझै जारी रहने बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले मंगलबारदेखि मौसममा केही सुधार देखिने भए तापनि जाडो भने फेरि बढ्ने बताइन्। उनले बेलाबेलामा देखिने पश्चिमी वायुको प्रभावले अझै एक महिना जाडो रहिरहने पूर्वानुमान गरिएको जानकारी दिइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

Latest










Popular
Suggested