English

अफ्रिदी आईसीसी ‘क्रिकेटर अफ दि इयर’ घोषित



पाकिस्तानका तीव्र गतिका बलर साहिन शाह अफ्रिदी आईसीसी ‘क्रिकेटर अफ दि इयर’ घोषित भएका छन्। सन् २०२१ मा ३६ अन्तर्राष्ट्रिय खेल खेलेका अफ्रिदीले २२ दशमलव २० को औसतमा ७८ विकेट हात पारे।

गत वर्ष विशेषतः अफ्रिदीले टेस्ट र टी-२० क्रिकेटमा निकै राम्रो छाप छोडे। टी-२० विश्वकपमा आफ्नो ‘पिक प्वाइन्ट’ मा रहेका अफ्रिदीले प्रतियोगितामा विश्व क्रिकेटका हस्तिहरूलाई पछि पारे।

पाकिस्तानले सेमिफाइनलसम्मको यात्रा तय गर्दा अफ्रिदीले ६ खेलमा सात विकेट लिए। गत वर्ष क्रिकेटको सबैभन्दा सानो संरचनामा २१ अन्तर्राष्ट्रिय खेल खेलेका अफ्रिदीले २३ विकेट लिए।

विश्वकपमा चिरप्रतिद्वन्द्वी भारतविरुद्धको उनको स्पेल सबैभन्दा स्मरणीय रह्यो। चार ओभरमा ३१ रन खर्चिएर तीन विकेट लिँदा उनको बलमा पभेलियन फर्किने ब्याटरमा भारतीय टोलीका तत्कालीन कप्तान विराट कोहलीसहित ओपनरद्वय रोहित शर्मा र लोकेश राहुल थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested