English

वायू प्रदुषण बढेसँगै घरभित्रै बस्न अपिल



काठमाडौं उपत्यकाको वायू प्रदुषण उच्च विन्दुमा पुगेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई घरभित्रै बस्न अनुरोध गरेको छ ।
अहिले देखिएको उपत्यका भित्रको प्रदुषणले श्वासप्रश्वास लगायतका विभिन्न स्वास्थ्य समस्या उत्पन्न गर्ने प्रवल सम्भावना देखिएपछि मन्त्रालयले घरभित्रै बस्न भनेको हो ।

अहिले घरबाहिर खुला स्थानमा नबस्न, नखेल्न, मर्निङवाकमा नजान र घर बाहिर गएर शारीरिक व्यायाम नगर्न समेत मन्त्रालयले अनुरोध गरेको छ । यसैगरी फोहोरहरूको उचित व्यवस्थापन गरी त्यसलाई नजलाउन समेत भनेको छ ।

यदि घरबाहिर निस्किनु परेको अवस्थामा अनिवार्य मास्कको प्रयोग गर्न र कोभिड–१९ रोकथामका लागि तोकिएका मापदण्ड पालना गर्न मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत अपिल गरेका छन् ।

मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार नेपाल र भारतका विभिन्न स्थानमा लागेको डढेलोको कारण वायूमण्डलमा प्रदुषण देखिएको हो । उनका अनुसार उपत्यकाको प्रदुषण अझै बढ्नुमा छिमेकी जिल्ला मकवानपुर, चितवन र पर्सा लगायतका केही जिल्लामा डढेलो लागेकोले पनि हो ।

मौसम विज्ञान विभागले पनि अझै केही दिन बर्षा हुने सम्भावना नरहेकाले वायू प्रदुषण यथावत रहने जनाएको छ । मौसममा आएको खराबीसँगै आन्तरिक तथा बाह्य उडान पनि प्रभावित बनेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested