English

सातवटा ट्राफिक कार्यालयमा मेसिनबाटै जरिवाना तिर्न सकिने



अब ट्राफिक नियम उल्लंघन गरेको जरिवाना मेसिनबाटै तिर्न सकिने भएको छ । पहिला जरिवाना तिर्न बैंक नै पुग्नु पर्थ्यो । मोबाइल बैंकिङ, तथा डिजिटल वालेट सबैको पहुँचमा नहुँदा रकम जम्मा गरेको भौचर ल्याए मात्रै चालक र धनीले छुट्कारा पाउँथे ।

तर, अब भने यो झन्झट हटेको छ । प्रभु पे को किओस्ट मेसिनबाट भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक महाशाखाले आइतबारबाट सातवटा कार्यालयमा उक्त मेसिन सञ्चालनमा ल्याएको हो ।

ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको विस्तार गरेको हो ,जसमा गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्ग गरी सातवटा कार्यालयमा जरिवाना मेसिनको विस्तार गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोमा आयोजित एक कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्तरूपमा रिबन काटी ‘प्रभु–पे’को किअस्क मेसिन’ को एकैचोटि उद्घाटन गरेका हुन् । सो उद्घाटनपश्चात् सातवटै ट्राफिक कार्यालय सेवा शुभारम्भ भएको छ ।

कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीका अनुसार ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरू फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका सातवटा कार्यालयहरूमा विस्तार गरिएको बताए । ‘किअस्क’ मेसिनमा सीधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने उनले बताए ।

यो पनि
यो पनि…
पेट्रोल, डिजेल र मट्टीतेलको बढेको मूल्य कति ?
यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested