English

‘कलेजको गेट भित्रबाटै ढुंगा हानियो’



काठमाडौंको मैतीदेवीस्थित सूर्योदय इङ्लिस बोर्डिङ स्कुलबाट २०५५ मा एसएलसी दिएँ । प्रथम श्रेणीमा उत्तीर्ण भएँ । सानैदेखि साहित्यमा झुकाव भएकाले यहीसँग सम्बन्धित विषय पढ्न चाहन्थेँ । तर, एसएलसीमा राम्रो नतिजा आएर साइन्स पढ्न दबाब भयो ।

मैतीदेवीस्थित युनिभर्सल कलेजमा साइन्स विषय लिएर प्लसटु भर्ना भएँ । तर, स्वास्थ्य समस्याले कक्षा ११ को परीक्षा मात्रै दिएँ । सुकेधारास्थित न्यु मिलेनियम कलेजमा कक्षा १२ ट्रान्सफर भएँ । प्लस टुमा बाथरोगका कारणले कक्षामा नियमित हुन सकिनँ । तैपनि नतिजा राम्रो आयो । प्लस टु पढ्दा कलेज आउने जाने भयो । बाहिर कतै गइएन । घरमा पुस्तकहरू पढेर बसेँ ।

वातावरण विज्ञान विषय लिएर स्नातक तह त्रिचन्द्र कलेजमा भर्ना भएँ । कलेज नियमित जान्थे । दिउँसो १२ बजेदेखि पढाइ हुन्थ्यो दिनभर कलेजतिरै हुन्थेँ ।

वातावरण विज्ञान विषय लिएर स्नातक तह त्रिचन्द्र कलेजमा भर्ना भएँ । कलेज नियमित जान्थे । दिउँसो १२ बजेदेखि पढाइ हुन्थ्यो दिनभर कलेजतिरै हुन्थेँ । विज्ञान विषयमा बढी प्रयोगात्मक हुन्छ ।

कलेजबाट फिल्ड भिजिटका लागि टौदह, रानी पोखरीलगायत भ्याली नजिकका पोखरी, जंगल भिजिट गर्न गइरहन्थ्यौँ । एकपटक शिवपुरीको बागद्वार गएका थियौँ । त्यो बेला जीवनमै पहिलोपटक धेरै हिँडेको थिएँ । जाँदा सजिलैगरी उकालो आफँै चढेर गएँ तर फकिँदा साथीले बोकेर ल्याएका थिए । हप्ता दिनसम्म खुट्टाको दुखाइले हिँड्न सकिनँ ।

कम बोल्ने, धेरैसँग घुलमिल नहुने स्वभावको छु । कलेजमा पनि धेरै साथी बनेनन् । औंलामा गन्ने साथी छन् । जुन अहिले पनि सम्पर्कमा छन् । कलेजमा केटाकेटी साथी बराबरी थिए । कलेजको क्यान्टिनमा खाजासँगै खाने, फिल्ड भिजिट जाने हुन्थ्यो तर लभअफेयर चलेन ।

राजनीतिमा प्रत्यक्ष संलग्न नभए पनि यस समयमा ‘मण्डला’ भन्ने टोली गेटबाहिरबाट ढुंगा हान्थ्यो हामी गेटभित्रबाट हान्थ्यौँ । गेटबाट बाहिर निस्किन सक्ने परिस्थितिमा काँडेतार तार काटिएको हुन्थ्यो, त्यहाँबाट छिरेर निस्किन्थ्यौँ ।

स्नातक पढ्दा त्रिचन्द्रमा भयंकर राजनीति हुन्थ्यो । बाहिरबाट ढुङ्गामुढा प्रहार हुन्थ्यो । कहिलेकाहीँ ल्याबमासमेत प्रहरीको लाठीचार्ज हुन्थ्यो । सर, मेडम र विद्यार्थी सबैले कुटाइ खाइथ्यो । युनियनका विद्यार्थी नेताले केटीलाई किन जिस्काएको भन्दै कुटाकुट पनि गर्थे । तर, राजनीतिमा प्रत्यक्ष संलग्न नभए पनि यस समयमा ‘मण्डला’ भन्ने टोली गेटबाहिरबाट ढुंगा हान्थ्यो हामी गेटभित्रबाट हान्थ्यौँ । गेटबाट बाहिर निस्किन सक्ने परिस्थितिमा काँडेतार तार काटिएको हुन्थ्यो, त्यहाँबाट छिरेर निस्किन्थ्यौँ ।

स्कुलमा पढाउने पार्टटाइम काम पनि गर्थें । तर, मास्टर्स जोइन भएपछि समय दिन सकिनँ । केही समयको अन्तरालपछि फेरि स्कुल र कलेजमा शिक्षकको भएर काम गरेँ ।

साथीहरूको फिल्डका लागि पालैपालो जान्थ्यौँ । एक जोडी कपडा, ब्रस बोकेर तिन–चार दिनसम्म फिल्टमै हराउँथ्यौँ ।

त्रिभुवन विश्वविद्यलय केन्द्रीय विभागमा वातारण विज्ञानमा एमएसस्सीमा स्नाकोत्तर भर्ना भएँ । स्नातकोत्तरको लागि केन्द्रीय विभागमा भर्नाका लागि नाम निकाल्द एकदम खुसी थिएँ । मास्टर्स पढ्दा इन्डियाको नैनी तालसम्म प्राक्टिकलका लागि पुगेँ। कैलालीको घोडाघोडी, टिकापुर, महेन्द्रनगर, चितवन, पोखरालगायत विभिन्न ठाउँमा गएँ । साथीहरूको फिल्डका लागि पालैपालो जान्थ्यौँ । एक जोडी कपडा, ब्रस बोकेर तिन–चार दिनसम्म फिल्टमै हराउँथ्यौँ ।

बीएससी र एमएससी पढ्दै कथाकी पात्र लेखे । कलेज सकिएपछि पुस्तक प्रकाशित गरेँ । यसरी बित्यो मेरो कलेज लाइफ ।

यो पनि…
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन



...
Davidhup

check out here toast wallet

...
Eltongog

find this https://web-vauld.com

...
AndrewFuert

look what i found russian traditional clothing

...
MichaelPaymn

Recommended Reading https://russian-traditional-clothes.com/

...
AndrewFuert

you could check here russian traditional clothing

...
discount online canadian pharmacy

safe online pharmacies in canada

...
AndrewFuert

look at here russian traditional clothing

...
AndrewFuert

try this site https://russian-traditional-clothes.com

...
AndrewFuert

pop over to these guys russian traditional clothing

...
AndrewFuert

look at these guys https://russian-traditional-clothes.com

...
AlfredNup

найти это mega darknet market

...
AlfredNup

найти это blsp at как зайти

...
AlfredNup

посетить сайт blsp at как зайти

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested