English

गुणस्तरहीन मह बनाएर खुलेआम बिक्री



काठमाडौं मै एक व्यक्तिले श्रीमतीको नाममा उद्योग दर्ता गरी खान अयोग्य (गुणस्तरहीन मह) बनाएर बिक्री गर्ने गरेको खुलेको छ। ती व्यक्तिले विगत सात वर्षदेखि नै यसरी खान अयोग्य मह खुवाउँदै आएको फेला परेको छ। उनले विशेषगरी होटल रेष्टुरेन्टमा उक्त मह पठाउने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

मिसावट गरी गुणस्तरहीन मह उत्पादन तथा बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२७ ज्याठा बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-६ का नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

उनको साथबाट गुणस्तरतहीन तयारी मह ६०० किलो, मह बनाउन प्रयोग गरिने कच्चा छ हजार ५०० किलो, ग्लुकोज ५०० किलो, चिनी १०० किलो, एक/एक थान तौल मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभल र एक हजार पिस जार बरामद गरिएको छ।

उनले काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेन्टमा थोक तथा खुद्रा बिक्री वितरण गर्ने गरेको पाइएको छ। मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गर्ने गरेका थिए। गुणस्तरहीन मह बनाइ प्रतिकेजी ६५० मा बिक्री गर्ने गरेको पाइएको महाशाखाले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्दा महमा न्यूनतम मापदण्डअनुसारको नरहेको र खान योग्यसमेत नरहेको पाइएको छ। उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाइएको महाशाखाले एक सूचना जारी गरी जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested