English

ज्योतीको गीतमा अभिनेता आर्यन (भिडियो सहित)



गीतकार ज्योती गुरुङको ‘सधैं सँगै’ बोलको गीत सार्वजनिक भएको छ । गायक गंगाराज राई र गायिका दीपा लामाको स्वर रहेको गीत आज (शुक्रबार) जेजी क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र मोडल निरु कोइरालाले अभिनय गरेका छन् । सुव्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा जया शर्माले रचनात्मकता थपेकी छन् । राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् भने राजकुमार श्रेष्ठले सम्पादन र सिमोन तामाङले कलरिङ गरेका छन् ।

बेलायतस्थित स्टुडियो प्लाटफर्म र काठमाडौंको किङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतमा गंगा राज राईकै संगीत रहेको छ । गीतमा राजु कार्कीले संगीत संयोजन, मिक्सिङ र मास्टरिङक गरेका हुन् ।

गीतकार गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रा, खै कसरी लगायतका गीत बजारमा आइसकेका छन् ।

यो छुट्ला है…
प्रमोद र ज्योतीको ‘खै कसरी’ (भिडियो सहित)

‘जीवनकै पहिलो अवार्डले उर्जा थपेको छ’

भिडियो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested